कुलतमा फसेका युवाजति देशमा, श्रम गर्ने जति युवा विदेशमा ?


अलिक फरक विषयमा बोलौँ कि । देशमा आज नि पानी परेकै छ, छ न त । कति दिन फेरि पानी पर्छ । बर्खामा पानी पर्ने हो । त्यो पानीको बारेमा सरकारले के गर्नुपर्छ भनेर यसभन्दा अगाडी पनि आफ्नो धारणाहरु राखिसक्या हो ।
लाखौँ युवा श्रम बेच्न बाध्य छन् । त्यो पनि नेपालमा होइन । विदेशमा । लाखौँ युवाहरु कुलतमा फसेर बस्या छन् । विदेशमा होइन, यही देशमा । कुलतमा फस्नेजति युवा यो देशमा । श्रम गर्ने जति युवा विदेशमा । सरकारलाई यो थाहा छ कि छैन ?
यत्रो समय भयो, सरकार चलेको हाम्रो देशमा । किसीम–किसीमका सरकार चल्यो । यति कुरो आजसम्म सरकारले देखेन । थाहा पाएन । अबको सरकारले थाहा पाउँछ । अबको सरकारले त्यो गर्छ । भन्ने कुरा आको छ ।
कुलत के–के बाट हुन्छ ? के हो त कुलत भनेको ? कस्तो हुन्छ कुलत ? केलाई भनिन्छ कुलत ? लागुऔषध दुव्र्यसनी । झिंगाको टाउकाको एक भागको १० भाग । एकचोटी आएपछि अर्कोचोटी खाउँखाउँ लाग्ने । अनि त्यो खान छोड्यो भने ऊ बौउलाउने । अलिअलि खाँदै गयो भने ६ महिना भित्र मर्ने ।
यस्तो औषधी अपराधीहरुले पत्ता लाए । केका निम्ति ? देशमा राजनीति गर्लान् युवाहरुले । देशलाई विकास गर्लान् युवाहरले । देशमा पसीना बगाउलान् युवाहरुले । भन्ने डरले त्यस्तो हिरोइन स्म्याक बनाए । त्यो दुव्र्यसनीमा फसाइयो ।
मादकपदार्थ रक्सी मज्जाले खान पाइने । जति पनि खान पाइने । जहाँ बसेर पनि खान पाइने । मन्दिरका वरिपरि पनि पाइने । अस्पतालका वरिपरि पनि पाइने । जुनसुकै ठाउँमा पाइने । मज्जैसँग रक्सी खान पाइने देश कहाँ छ पृथ्वीमा भन्यो भने हाम्रो देशको नाउँ आउँदो रहेछ ।
संसारमा यस्तो छैन । संसारमा त निश्चित ठाउँमा मात्र रक्सी खान पाइने । निश्चित पसलले मात्र रक्सी बेच्ने । निश्चित व्यक्तिले मात्र रक्सी किन्न पाइने । बिहे गर्नलाई २० वर्ष हुनुपर्ने । रक्सी खानलाई ६ वर्ष भएनि हुने ? यस्तो नियम बनाउन हामी किन नसक्ने ? सरकारलाई कसले छेक्यो ? यो सरकार किन यस्तो काम गर्न सक्दैन ?
२०३१ सालमा बनेको मदिरा ऐन, जसका कारणले रक्सी खाएर, दुव्र्यसनी भएर, यसैका कारण घरेलु हिंसा भएका छन् । महिला हिंसा भएका छन् । संगठित अपराध भएका छन् । त्यति मात्रै होइन, विभिन्न रात्रि अपराधहरु भएका छन् । जो यहाँ भन्न पनि गाह्रो गाह्रो परिरहेको छ ।
एउटा सटरमा औषधी पसल, अर्को सटरमा रक्सी पसल । अनि अगाडी पट्टी औषधी पसल, पछाडी पट्टी रक्सी पसल । किन गर्या यो सरकार भन्या त, कर असुल्न । पैसा चाहियो नि कर उठाउन । रक्सीमा बढाइदिने कर अनि पैसा ग्याम ग्याम आउँछ । अनि मोटर चढ्ने, के के गर्ने, जम्मै थोक गर्ने । भन्नलाई गर्या हो ? होइन भने वर्तमान सरकारको ध्यान जाओस् ।
अब २२ वर्ष नपुगेकाले रक्सी किन्न नपाउने । जड्याहाहरुको लिस्ट नै बनाउने वडा–वडामा । मदिरा पिउनेको नाम भनेर भारतमा जसरी आउँछ, त्यसैगरी बनाउने । यो प्रकारको काम हामीले किन नगर्या ? विदेशमा गएर, खुइँखुइँ घुमेर नेपालको पैसा सक्ने । विदेशमा त्यस्तो छ ? जहाँ पनि रक्सी किन्न पाइन्छ ? जसले पनि रक्सी खान पाउँछ ?
यो प्रकारका कुरालाई हेरेर अर्कै रक्सी जोन देखाइदिनुस् न । धुम्रपान जोन भनेजस्तै रक्सी खानेका लागि नगरकोटको फलानो भन्दिनु । अथवा फलानो जंगलको कुना भन्नु । नाम लेखाएर जानुपर्छ भन्नु । यस प्रकारका काम किन गर्न सकेन ?
कुल अपराधको ५० प्रतिशत अपराध यहीबाट भएको छ । त्यसकारणले म नेपाल सरकारलाई के भन्न चाहन्छु भने, घरेलु हिंसा, महिला हिंसा, संगठित अपराध, रात्रि अपराध घटनाउने हो भने यसो गर्नुस् ।
अर्को पनि छ जुवातास । केटा बिगार्ने । अर्को छ विभिन्न इलेक्ट्रोनिकका अनावश्यक खेलहरु अनि अर्को बेरोजगार पनि । यसरी अपराधका बाटाहरु चारैतिर खोलिएको छ । सबैतिरबाट अपराध गर्ने बाटैबाटा छन् । यस विषयमा यो सरकारको ध्यान जाओस् ।
