नेपाल-भारत पाइपलाइन ओछ्याउने काम सकियो, उद्घाटन भदौमा


साउन २९, काठमाडौँ । बहुचर्चित पेट्रोलियम पाइपलाइनको उदघाट्न हाइटेक प्रविधिमार्फत हुने भएको छ। पाइप ओछ्याउने काम शतप्रतिशत सम्पन्न भइसकेको छ। नेपाल र भारत सरकारको द्विपक्षीय छलफलमार्फत उदघाट्न गर्न हालसम्म दुईवटा मिति निर्धारण भएको छ।
भदौ १५ गते (सेप्टेम्बर १ तारिख) र भदौ २४ (सेप्टेम्बर १० तारिख) निर्धारण भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहज हुने गरी ती दुवैमध्ये एक छनोट गरिनेछ। यसरी छनोट भएको दिनमा हाइटेक प्रविधिमार्फत उक्त पाइपलाइनको उदघाट्न गर्ने तय भएको छ। उदघाट्न पश्चात यो पाइपलाइनबाट नियमित इन्धन आपूर्ति हुनेछ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले संयुक्तरूपमा पाइपलाइन उदघाट्न गर्नेछन्। उदघाट्नका बेला भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद र नेपालका प्रधानमन्त्री ओलीले एकै समयमा रिमोट थिच्नेछन्। त्यो रिमोटको सेन्सरले कम्प्युटरको सेन्सरले समात्नेछ।
null
यसरी कम्प्युटरले सेन्सरको सहयोगमा मोदीको रिमोट थिचाइले अमलेखगञ्जस्थित डिपोको युनिटको भल्व खुल्नेछ। यसपछि ओलीको रिमोट थिचाइले उक्त डिपोमा इन्धन खसालिनेछ। यो समाचार राजधानी दैनिकमा छापिएको छ ।
