नेकपामा स्कूल विभागको टाउको दुखाई, बुधबारलाई सर्यो बैठक

 

साउन २८, काठमाडौं । सत्तारुढ नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ । 

यसअघि पटक पटक स्थगित भएको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै आज बस्ने भनिएको थियो । बैठक बस्ने भनिए पनि तयारी नपुगेका कारण सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

null

उनका अनुसार अर्को बैठक बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । 

नेकपामा स्कुल विभागको नेतृत्वमा विवाद कायमै छ । उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतले दाबी गर्दै आएका छन् । 

अन्य विभागको टुङ्ग्यो लागेपनि स्कूल विभागको कुरा नमिल्दा तथा सबैले आफ्नो अडान कायमै राख्दा नेकपाको सचिवालय बैठक पटक पटक सर्दै आएको हो । विभागको टुंगो नमिल्दा पार्टी एकता भएको एक वर्ष पूरा भए पनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *