प्रदेश तीनको प्रदेशसभाको वर्षे अधिवेशन आज बस्दै

भदौ ८, हेटौंडा ।  प्रदेश नं ३ को प्रदेशसभाको वर्षे अधिवेशन अन्तर्गतको बैठक करीब दुई महिनापछि आज पुनः बस्ने भएको छ । गत असार १२ मा आर्थिक वर्ष २०७६/७७ को बजेट पारित गरेसँगै स्थगित बैठक आज दिउँसो बस्न लागेको हो । 

 भदौ ८ गते दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेश नं– ३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । आजको बैठकले यसअघि विभिन्न समितिले अन्तिम टुङ्गो लगाएका केही विधेयक पारित गर्ने जनाइएको छ । प्रदेशसभा कार्यव्यवस्था समितिकोे बैठकले आजको बैठकमा विभिन्न पाँच विधेयकमाथि छलफल गरी पारित गर्ने  तयारी गरेको थियो  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *