भूपु अधिकारीको घरमा भाँडा माझ्ने, कपडा धुने, र सफाई गर्ने बहालवाला शुरक्षाकर्मी

 

साउन २९, काठमाडौँ । सशस्त्र प्रहरीका निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी कामदारका रूपमा ‘उपयोग’ गरिरहेको भेटिएको छ। सशस्त्र प्रहरीका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डीआईजी) सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन्। 

उनीहरूले आफू पदमा हुँदा लगेका चालकसहित सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका सुरक्षाकर्मीलाई अवकाश पाएपछि पनि फर्काएका छैनन्। सशस्त्र प्रहरीका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठपछिका सबै पूर्व महानिरीक्षकले जनशक्ति दुरुपयोग गर्दै आएका छन्। 

null

सशस्त्र प्रहरी महानिरीक्षक अध्यक्ष तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सदस्य रहने परामर्श समितिले तयार पारेको ‘आन्तरिक नीति’ मा सेवा निवृत्त भएपछि उनीहरूको ‘सुरक्षार्थ’ प्रहरी जनशक्ति उपलब्ध गराउने परिपाटी छ। यो परिपाटीलाई निरन्तरता दिँदै घरायसी कामका लागि प्रहरी जनशक्ति घटाउने क्रम रोकिएको छैन। 

‘आन्तरिक नीति’ मा सेवा निवृत्तपछि महानिरीक्षकले पाँच वर्षसम्मका लागि तीनजना, अतिरिक्त महानिरीक्षक (एआईजी)ले चार वर्षसम्म दुईजना र नायब महानिरीक्षकले तीन वर्षसम्म एकजना सुरक्षाकर्मी सहयोगी÷अंगरक्षकका रूपमा घरमा लैजाने पाउने व्यवस्था छ। 

तर, सेवा निवृत्त हुनुअघि नै उनीहरूले आफूलाई चाहिने सुरक्षाकर्मी लैजाने र फिर्ता नगर्ने चलन छ। यी सबै सुरक्षाकर्मीलाई भात पकाउने, भाँडा माझ्ने, कपडा धुने, घर हेरचाह गर्ने, बगैंचा सफा गर्ने, कुकुर डुलाउनेलगायत काममा लगाइरहेको स्रोतले बतायो। 

परिचालित सुरक्षाकर्मीको सम्पूर्ण भरणपोषण राज्यले गर्दै आइरहेको छ। यसबाहेक उनीहरूले संगठनकै सवारीसाधन, चालक र इन्धन पनि प्रयोग गरिरहेका छन्। यो समाचार आजको अन्नपूर्ण दैनिकले छापेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =