१ करोड ठगी गरेको भन्दै खैरहनीका शिक्षक पक्राउ

२०७६ साउन १६ गते

साउन १६ गते । चितवनको खैरहनीबाट ठगी आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । विद्यालयमा शेयर हाल्नका लागि केही व्यक्तीहरुले दिएको रकम हिनामिना गरेको र शेयर नहालेको भन्दै रत्ननगर ३ बस्ने बर्ष ४० को राजकुमार दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।
खैरहनी ८ स्थित ज्ञानसुधा स्कुलमा शेयर हाल्दिने भन्दै शेयर नहालि ठगी गरेको आरोपमा विद्यालयका संचालक एवंम् पुर्व प्रधानाध्यापक दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
दाहालले खैरहनी ८ निवासी समिता के सी सँग १ करोड १३ लाख ९५ हजार रुपैँया र रत्नदिप अधिकारीसँग ७ लाख रुपैँया गरि १ करोड २० लाख ९५ लाख ठगी गरेको भन्दै जाहेरी परेकोले पक्राउ गरिएको प्रवक्ता कोइरालाले बताए ।
null

२०७६ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित