बागमतीले घरबार बगाउँदा जीवन जिउन नावालकको साहारा

 

साउन २५, धरान । सर्लाही नगरपालिका–१ किसनपुर घर बताउने रिंकु कापरका परिवार कष्टकर जीवन बिताउन बाध्य भएका छन् । घर गत असारमा बागमती नदिमा आएको बाढीले भएको एउटा सानो घर पनि बगाएपछि कापरका परिबार कष्टकर जीवन जिउन बाध्य भएका हुन । 

सुकुम्वासी वस्तीमा बसोबास गर्दै आएका रिंकु यतिबेला धरानका घरघरमा नावालक दुई छोरालाई देखाउँदै बाच्ने उपाय खोजिरहेकी भेटेन्छिन् । सर्लाही वडा नं १ किसनपुरमा सडक, विद्युत, खानेपानी, स्वास्थ्य लगायत विकासका आधारभूत आवश्यक्ता समेत नपुग्दा कष्टकट जिवन जिउन बाध्य थिए । त्यसमाथि वर्षामा आएको बाढिले घरबार गुमाउनु पर्दा झनै पिडामा रुमलिएका छन् । 

null

११ बर्षिय र २ महिने दुई छोराका साथ धरानका घरघरमा माग्दै गरेकी रिंकुले घररडेरी खोलाले बगाई दिँदा बाच्ने आधार नै सकिएको बताइन् । 

‘बागमती नदीमे अईल बाहीरसे हमर घरबलाके हात पैर टुटल गेल और हमर घर भी बाहेरसे दहेलक’ स्थानीय भाषामा रिंकु भन्छिन् । उनका अनुसार बागमती नदिमा आएको बाढीले उनको श्रीमानको हात खुट्टा भाँच्चियो । बाढीले घरबार बगाइदियो । 

 

उनको साथमा ११ बर्षका जेठा छोरा सरोज कापर र २ महिने कान्छा छोरा मनेश कापर पनि छ । रिंकुले घरबार सबै बाढीले बगाएपछि बाच्नकै लागी २ दिनअघि सुनसरीको ईटहरी, धरान लगायतका सहरमा माग्न आएको सुनाईन । 

उनी ७ घण्टाको लामो यात्रा गरेर सर्लाही देखी धरान आईपुगेकी हुन । उनले भनिन–‘ गणतन्त्र आएर जनप्रतिनिधि आएपनि हामी गरिबको जिवन त्यस्ताको त्यस्तै छ ।’ उनीसँग नेपाली हुनुको प्रमाण नागरिकता समेत छैन । नागरिकता नहुँदा कहाँ गएर काम गर्ने, कसरी जागीर खाने ठेगान छैन, माग्नुको अर्को बाटो देखिन ।‘ स्थानीय तहमा जनप्रतिनिधि आएपनि गाउँमा अहिलेसम्म कुनै विकासका कार्यक्रम पुग्न नसकेको उनको गुनासो थियो । गाउँको आधाभन्दा बढी बस्तीमा पानी पसेर घरबार बिहिन भएपनि सरकारले केहि सहयोग नगरेको उनको भनाई छ । बागमतीमा आएको बाढिले उनलाई मात्र विस्थापित बनाएको हैन, उनका छिमेकी समेत घरबारविहिन भएर यत्रतत्र भौतारिइरहेका छन् । 

बागमती बाढि पिडितहरु अधिकांश छिमनेपालकै ठूला शहरमा कामको खोजीमा गएका छन् । केहि भने गाउँमै ज्याला मजदुरी गर्छन् । 

रिंकु कापरले गाँसबाँस र कपासको कुनै सुविधा प्राप्त नभएकाले एक छाक खानकै लागी भएपनि माग्दै हिँडेको जिकिर गरीन् । २ महिने छोरा देखाउँदै स्थानीय भाषामा उनी भन्छिन्–‘यीहे हमर बेटा देखके महरासभक माया जगैछि रत सभैकोई महराके कनिमनी सहजोग गरैयत ।’ अर्थात यिनै बालकलाई देखेर अरुलाई माया लागेर आउँछ र सबैले अलिअलि भएपनि सहयोग गर्छन । म मात्रै मागे भने कसैले दिदैन भन्छन हात खुटटा छ किन मागेर खान्छस् ।’ उनी २ महिने बालक र ११ बर्षिय छोरालाई साथमा लिएर पुर्वको बिभिन्न सहरहरुमा माग्दै हिडिरहेकी छिन् । उनलाई कसैले दुई चार रुपैंया दिन्छन्, मन नभएकाले गाली पनि गर्छन् । 

 

स्थानीयहरु बाढीका कारण बेलाबेला समस्याले जेलिएका किसनपुरका बासिन्दाले आफनो गाउँको विकास हेर्न चाहेका छन् । तर, स्थानीय जनप्रतिनिधिलाई बागमतीले पुर्याएको दुर्दशा हेर्ने फुर्सद नै छैन । उनीहरु मात्र भोट माग्न मात्र ती स्थानमा जाने गर्दछन् । पाँच वर्षमा एक पल्ट आउने स्थानीय जनप्रतिनिधिहरुको रबैयाले सो क्षेत्रका बासीन्दा वाक्क भएका छन् । 

जनप्रतिनिधिको काम स्थानीय जनताको पिरकर्मा सुन्न हेर्ने र त्यसलाई समाधान गरी उनीहरुको सुखदुखःमा साथ दिनु हो । तर, अहिले प्रायः सरकारका जनप्रतिनिधिहरु शहर केन्द्रित भएका छन्, यस्ता सहारा विहिनलाई सहारा दिने उनीहरुसँग समय नै छैन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *