नक्कली भारुसहित पक्राउ परेका युनुस अन्सारी थुनामा

साउन १५, काठमाडौं । जिल्ला अदालत काठमाडौंले ठुलो परिमाणको नक्कली भारुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका युनुस अन्सारीलाई पुर्पुक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

मंगलबार जिल्ला अदालतले गएको जेठ १० गते पक्राउ परेका अन्सारीसहित ६ जनालाई खोटा सिक्का चलन मुद्दामा पुर्पुक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

अन्सारीसँग पक्राउ परेकामध्ये तीन जना कतार एयरवेजको उडानबाट आएका पाकिस्तानी नागरिक थिए । पूर्व मन्त्री सलिम मियाँ अन्सारीका छोरा युनुस भने यहाँबाट नक्कली भारुको ब्रिफकेश रिसिभ गर्न विमानस्थल गएका थिए । गोप्य सूचनाका आधारमा प्रहरीले त्यहीँबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो । 

null

युनुस यसअघि पनि पटक–पटक नक्कली भारु र लागू पदार्थ कारोबारमा दोषी ठहर भइ सजाय पाएका व्यक्ति हुन्। २०६६ साल माघ १६ गते युनुस पहिलो पटक भारतीय नक्कली नोट र लागुऔषधसहित पक्राउ परेका थिए भने २०७० साल माघमा पक्राउ परेका थिए । अदालतबाट दोषी ठहर भइ कैदमा बसेका अन्सारी २०७४ फागुन २ गते जेलमुक्त भएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *