आजको मौसमः देशभर चट्टयांगसहित भारी वर्षा

भदौ १४, काठमाडौँ । मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केहि दक्षिण तर्फ रहेको  छ । जलबाष्प युक्त हावा नेपाल प्रवेश गरेको छ । हाल देशका धेरै जसो भूभागहरुमा सामान्य बदली भइ पूर्व र मध्यमा धेरै भु॒भागहरुमा र पश्चिमका एक दुइ मेघ गर्जन एवं चट्टयांगसहित हल्कादेखि मध्यम खालको बर्षा भइरहेको छ । 

आगामी २४ घण्टाको मौसमको अवस्थ   

देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहित वर्षा हुने र पुर्व र मध्यका एक दुर्इ स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेकोले पुर्वी र मध्य पहाडी भूभागमा पहिरो र देशका केहि भूभागमा मेघ गर्जन एवं चट्टयांग पनि पर्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध छ। 

null

आगामी तीन दिनको मौसम पूर्वानुमान   

भाद्र १४ गते (शनिबार) 

दिउँसोः देशभरी सामान्य बदली रही पुर्व र मध्यका धेरै स्थानहरुमा र पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक दुर्इ स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ । 

रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुनेछ  साथै  मध्य र पश्चिमका  एक दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 

भाद्र १५  गते (आईबार) 

दिउँसोः देशभरी सामान्य बदली रही पश्चिमका धेरै स्थानहरुमा र पुर्व र मध्यका केहि स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुनेछ। 

रातिः देशभरी सामान्य बदली रही पूर्व र मध्यका थोरै स्थानहरुमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

भाद्र १६  गते (सोमबार) 

दिउँसोः देशभरी सामान्य बदली पुर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

रातिः देशभरी सामान्य बदली रही पश्चिमका धेरै स्थानहरुमा र पुर्व र मध्यका केहि स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *