शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्छ : रवीन्द्र मिश्र

भाद्र ८ बुटवल ।  साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेका छन ।भ्रष्टाचारको जड शीर्ष नेता र उच्च तहका कर्मचारी नै भएको दाबी गर्दै उनले ०४६ सालयता सरकारको नेतृत्वमा पुगेकाहरुको सम्पत्ति छानबिनको माग गरेका छन ।  

  

आज(आईतवार) बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक मिश्रले भ्रष्टाचार रोक्न राजनीतिक र प्रशासनिक नेतृत्वमा पुगेका सबैको सम्पत्ति छानविन गर्नुपर्ने बताएका हुन ।  आफ्नो पार्टी सरकारको नेतृत्वमा पुग्यो भने पहिलो क्याबिनेटबाट यो निर्णय गर्ने संयोजक मिश्रको भनाइ छ । राजनीतिक दलका भ्राृत संगठनहरु पनि भंग गर्नुपर्नेमा उनले जोड दिए ।  

Image result for rabindra misra pic

पुराना दलहरुले आमजनता, कर्मचारीलाई दलको छाता नओढी नहुने स्थितिमा र्पुयाएको उल्लेख गर्दै मिश्रले यसबाट मुक्त नभएसम्म सुशासन र समृद्धि नआउने ठोकुवा समेत गरेका छन । उनले भनेका छन : पेशागत सुरक्षाको ग्यारेन्टी भए दलको छाता ओढेर हिँड्नु पर्दैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *