होङसी सिमेन्टलाई जग्गा भाडामा दिन सम्झौता रद्द गरः सार्वजनिक लेखा समिति

 

साउन २६, काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले होङसी सिमेन्टलाई जग्गा भाडामा दिने सम्झौता रद्द गर्न निर्देशन दिएको छ । 

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । 

null

यसअघि साउन ५ गते नै संघीय संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले स्थलगत अध्ययन प्रतिवेदन तयार गरी सो सम्झौता रद्द गर्न निर्देशन दिन सिफारिस गरेको थियो । 

नेकपा सांसद लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिले गत साता बुझाएको प्रतिवेदनको आधारमा उक्त निर्णय गरेको लेखा समिति सचिव डा.रोजनाथ पाण्डेले जानकारी दिए । 

उनका अनुसार उद्योगका लागि धादिङमा ५० वर्षका लागि जग्गा भाडामा लिन गरिएको सम्झौता रद्द गरी त्यसमा संलग्न पदाधिकारीलाई तत्काल कारबाही गर्न समेत सिफारिस गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

भट्ट नेतृत्वको उपसमितिले स्थलगत रुपमै गएर अध्ययन गरी तयार पारेको प्रतिवेदनमा सो कम्पनीले पूर्वाधार निर्माणका लागि बनाउन लागेको रोड समेत बैधानिक नरहेको निष्कर्ष निकाल्दै त्यसमा संलग्न लगानीकर्ता, ठेकेदार कम्पनीलाई समेत कानुन बमोजिम कारवाही गर्न माग गरेको छ । 

१४ अर्ब ४० करोड लगानीमा बन्न लागेको सो उद्योगले प्रारम्भिक वातावरणीय परीक्षणको सर्तसमेत पालना नगरेको उपसमितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । धादिङको बेनिघाटरोराङ गाउँपालिकामा उक्त उद्योग निमार्ण भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *