ब्रेकअप पछी देखाउछन् महिलाहरू यस्ताे व्यवहार

 

साउन २३ ।  मानिसको दैनिकी समय परिस्थिति अनुसार फरक फरक हुन्छन् । खुसी हुँदा देखाउने व्यवहार, दुःखी हुँदा गर्ने काम तथा सम्बन्धमा रहँदा र सम्बन्धबाट टाढिँदा हुने व्यवहार सबैको फरक फरक हुन्छ । आज हामी प्रेमिल सम्बन्धमा रहेर ब्रेकअप भएपछि केटीहरुले गर्ने व्यवहार कस्तो होला भन्ने आँकलन गरिन्छ । 

केटीहरु प्रायः यस्तो डरमा हुन्छन् की कुनै युवकसँगको प्रेम सम्बन्ध टुटेपछि उनीहरु बिटुलो बन्दछन् अर्थात् आफु बर्बादै होइन्छ र अरुबाट अस्विकृत बनिन्छ भन्ने डर उनीहरुमा हुन्छ । तर यसरी डर मानेर मात्र हुँदैन । 

null

यदि प्रेमीले अलग हुने फैसला गरिसकेको छ भने जबरजस्ती गर्नुभन्दा त्यसलाई स्वीकार गरेर जीवनलाई नयाँ शिराबाट अगाडि बढाउनु श्रेयस्कर हुन्छ । तर बिछोडपछिको जीवन अझ आलो घाउको अवस्था त्यति सजिलो हुँदैन। प्रायः केटीहरु प्रेम सम्बन्धको ब्रेकअपपछि यस्तो व्यवहार देखाउने गर्छन्ः 

– सोसल मिडियामा आफ्नो भुपु मायालुको तस्वीर हेरिरहने वा पूराना कुराहरु सम्झिरहने । 

– विभिन्न किसिमले आफ्नो भुपुसँग पुनः मित्रता कायम राख्ने कोसिस गर्ने । 

– पीडा भुलाउने बहाना गर्दै मदिरापान गर्ने । 

– पूराना तस्वीर तथा म्यासेजलाई बारम्बार हेर्ने तथा पढ्ने । 

– एकपटक फेरि अर्को साँचो प्रेमको खोजीमा निस्कने । 

– हरेक समय आफ्नो नयाँ पार्टनरलाई भुपुसँग दाँजेर हेर्ने अनि नयाँलाई अब्बल मान्ने । 

–  साथीहरुसँग आफुलाई धोका दिने भुपु प्रेमीलाई गाली गलौज गर्ने । 

– यदि ब्रेकअप पछि छिटै अर्को पार्टनर फेला परेन भने प्रेम भन्ने चिजलाई बेकारको चिज घोषित गर्ने ।- दुःख तथा पीडा भरिएका गीत सुन्ने र यस्तो वियोगपूर्ण कविताहरु लेख्ने । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *