पेट्रोलियम मजदुरद्धारा पेट्रोलियम सप्लाई रोक्ने चेतावनी दिर्दै आन्दोलनको घोषणा

भाद्र ९, काठमाडाैँ । पूर्व माओवादी निकट मजदुरहरुले श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन कार्यानवयनको माग राख्दै पेट्रोलियम पदार्थ सप्लाई राक्ने  चेतवानी दिएका छन् ।   

अखिल नेपाल पेट्रोलियम मजदुर संघले विज्ञप्ती निकाल्दै श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन कार्यानवयनको माग राख्दै पेट्रोलियम पदार्थ सप्लाई राेक्ने  चेतवानी दिएका हुन ।   

अखिल नेपाल पेट्रोलियम मजदुर संघका केन्द्रिय अध्यक्ष शिव पोख्ररेले विज्ञप्ती माफत ११ सुत्रे माग राखेर आन्दोलनका घोषणा गरिएको जानकारी गराएका छन । 

सम्पुर्ण प्रतिष्ठान (पेट्रोलपम्म ) समाजिनक सुरक्षा कोषमा सुचिकृत हुन पर्ने , मजदुरलाई नियमित रोजगार सम्झौता गरेर मात्र काममा लगाउनु पर्ने, काम सुरु गरेको मिति देखि नै लागु हुने गरि तलवको १०५ रकम सञ्चय कोषमा जम्मा गर्नु पर्ने , सात लाख वरावर दुर्घटना र एक लाख वरावर औषधी उपचारको विमा गर्नु पर्ने , २०७५ श्रावन १ गते देखिनै लागु हुने गरि न्यूनतमा पारिश्रमिक १३ हजार ४ सय ५० कायम हुनु पर्ने , न्युनतम तलव भन्दा वढी खाईपाई आएको तलवमा रु ३ हजार ७ सय ५० बृद्धि गर्नु पर्ने , प्रत्येक महिना तलवको ८.३३ ५ रकम उपदान वापतको रकम दिनु पर्ने , आठ घण्टा भन्दा वढि काममा लगाउदा ओभरटाईमको सुविधा हुनु पर्ने लगायतको माग रहेको विज्ञप्तीमा उलेख गरिएको छ । 

आन्दोलन घोषणा संगै  केहि दिनमै उपत्यकामा पेट्रोलियम पदार्थको अभाव हुने देखिएको छ । अखिल नेपाल पेट्रोलीयम मजदुर संघर्ष समितिका संयोजक लक्ष्मण न्यौपानेले नेपाल सरकारले २०७५ श्रावन ३१ गते राजपत्र प्रकाशित गरि श्रावन १ गते देखि लागु हुने गरि श्रमिकको खाईपाई आएको तलवमा ३८.६७ प्रतिशत अर्थात ३७५० वृद्धि गरि वैंक मार्फत भुक्तानी गर्न निर्देशन गरि सकेको साथै श्रम ऐन २०७४  भाद्र १९ गते देखि लागु हुने गरि सवै क्षेत्रमा कार्यरत्त श्रमिकहरुलाई श्रम ऐनले ब्यवस्था गरेका सवै सेवा सुविधा प्रदान गरि कार्यान्वयन गर्न सवै  उद्योग, प्रतिष्ठानहरुमा निर्देशन गर्दा पनि कार्यान्वयनन नगरेको भन्दै आन्दोलनको घोषण गरेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *