संसद बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् बैठकका एजेन्डा

 

साउन २८, काठमाडौँ । प्रतिनिधिसभाको बैठक मंगलबार (आज) दिउँसो १ बजे बस्दै छ । बैठकको कार्यातालिका अनुसार आज विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयहरुमा प्रश्नोत्तर हुने छ ।बैठकमा सांसदहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरु सोध्ने र सम्बन्धित व्यक्तिहरुबाट जावाफ दिइने कार्यातालिका रहेको संघीय संसदले जनाएको छ । 

आजको बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले ‘नागरिक लगानी कोष–दोस्रो संशोधन विधेयक २०७५’ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । त्यसैगरी कानुन्, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ‘प्रमाण–दोस्रो संशोधन विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । 

null

त्यस्तै मन्त्री ढकालले ‘कानुुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको प्रशासकीय अदालत विधेयक, २०७५ माथि विचार गरियोस् र ‘प्रशासकीय अदालत विधेयक, २०७६ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । 

त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको भूमि सम्बन्धी आठौँ संशोधन विधेयक २०७५’ माथि छलफल गरियोस् र भूमि सम्बन्धी आठौँ संशोधन विधेयक २०७५ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले बताए । फाइल तस्बिर  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *