रविका समर्थक र प्रहरीबीच झडप

भाद्र ९, चितवनमा । चितवनमा रविको समर्थक र प्रहरी बीच झडप भएको छ ।   

साउन २० गते पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका रविको रिहाई माग गर्दै प्रदर्शनमा उत्रेका उनका  समर्थक र प्रहरीबीच झडप भएको हो ।   

प्रहरीले रविको समर्थन गर्दै प्रदर्शनमा उत्रेका उनका समर्थकमाथी  अश्रुग्यास समेत प्रहार गरेका छन्  । 

Image result for रविका समर्थक र प्रहरीबीच झडप

प्रदर्शनको क्रममा बाईपास रोडमा ना ४ ख ४३२५ र ना ६ ख ४२७१ नम्वरको ट्रक र ना १ ज ७०६९ नम्वरको म्याजिक भेन समेत तोडफोड भएको छ । 

गत साउन २० गते  चितवनस्थित  होटल कंगारुमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । पुडासैनीले मृत्युअघि  संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई आफ्नो हत्याको दोष लागाउँदै खिचेको भिडियो सार्वजनिक भएपछि  सोही भिडियोको आधारमा रवि सहित तीनै पक्राउ  परेका थिए । 

जनप्रिय पत्रकार लामिछाने पक्राउ परेपछी चितवनमा दैनिकी जसो उनको रिहाईको लागि उनका समर्थकले बिभिन्न नाराबाजी गर्दै प्रदर्शन गर्दै आईरहेका छन् ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *