फेरि समात्यो नागढुङ्गा प्रहरीले एक किलो सुन

 

१५ साउन काठमाडाैं । अबैध रुपमा लुकाईछिपाई ल्याएको करिब १ किलो सुन सहित एक जनालाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा थुमान १ घर भएका वर्ष ३२ का पेम्वा डुन्दुप तामाङ रहेका छन् । उनलाई चन्द्रागिरि नगरपालिका २ नागढुङ्गामा प्रहरीले पक्राउ गरेको हो। 

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाका अनुसार बिशेष सुचनाको आधारमा रसुवा बाट काठमाडौंतर्फ आउँदै गरेका बा ९० प २७३६ नम्बरको मोटरसाईकलमा गोप्य सूचनाको आधारमा चेक जाँच गर्दा १ किलो सुन जस्तो दखिने पहेलो धातु वरामद गरिएको बताए । थानकोट प्रहरी प्रमुख थापाले सुन हो या होईन भने कुरा परिक्षण पश्चात मात्र पुष्टि हुने बताउँदै परीक्षण ल्यावमा टेष्ट नगरिकन सुन नै हो भनेर यकिन भन्न नसकिने बताए । 

null

मोटरसाईकल चढेर आएको व्यक्तिले कम्मरमा बाँधेर ल्याएको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ । १ किलो सुनको विष्कुटलाई चार टुक्रा पारे ल्याएका पाइएकाे महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक ज्ञान वहादुर खड्काले बताए । 

उनको अहिले अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । तामाङ रसुवा हुँदै सुन कम्बरमा बोकी काठमाडौं आउँदै गरेको प्रहरीलाई सुचना आएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *