व्यापार घाटा अन्त्य गर्न भारतीय लगानी अनिवार्य– पूर्व परराष्ट्रमन्त्री महत

 

साउन २९, काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले नेपाल र भारतबीच अबको सम्बन्ध आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा नेपालका राजनीतिक दलहरुमा एकमत भएको बताएका छन् । 

उनले नेपाली जनता विश्वकै द्रुत गतिमा आर्थिक वृद्धि हासिल गरिरहेको भारतबाट नेपालले लाभ लिने आशामा रहेको बताए । भारतीय लगानी बढीभन्दा बढी भित्र्याएर रोजगारको अवसर सिर्जना गर्नुपर्नेमा उनको जोड थियो । 

null

महतले भारतको आर्थिक वृद्धि सात प्रतिशतको हाराहारीमा भएको अवस्थामा नेपालले भोगिरहेको व्यापार घाटा गम्भीर चुनौती रहेको स्पष्ट पारे । व्यापार घाटा घटाउन भारतीय लगानी भित्रिएर उद्योगधन्दा खोलिनुपर्ने उनको भनाइ छ । 

सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने भन्दै लगानीका क्षेत्रहरुलाई अझ स्पष्ट पार्नुपर्ने पनि उनले बताए । 

सन् १९९६ को वाणिज्य सन्धीले नेपालले उत्पादन निर्यातको वातावरण पाएको उल्लेख गर्दै त्यस्तै अवस्था सृजना गर्नुपर्ने उनको भनाइ छ । भारतीय पर्यटक बढीभन्दा बढी भित्र्याउन देखि लगानी वृद्धि गर्नसके नेपालको आर्थिक विकासले गति लिने उनले औँल्याए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *