प्रदेशसभा सांसदको पर्स लुट्ने निश्चल पक्राउ
२०७६ भदौ ८ गते

भदौ ८, काठमाडौ । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले गौशालाबाट प्रदेश नम्बर ३ की प्रदेशसभा सदस्य भावना सुवेदीको पर्स लुट्ने एक जनालाई नियन्त्रणमा लिएको छ ।
सांसद सुवेदीको नगदसहितको पर्स लुटेको आरोपमा प्रहरीको टोलीले सर्लाही बरथहवा नगरपालिका वडा नम्बर २ घर भएका निश्चल थिङलाई नियन्त्रणमा लिएको हो ।
गत साउन २६ गते इन्द्रचोकबाट न्यूरोडतर्फ हिँड्दै गर्दा सांसद सुवेदीको पर्स चोरी भएको थियो । उनले आफ्नो पर्समा नगदसहित महत्वपूर्ण कागजातहरु भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा सिसी क्यामराको सहयोगबाट थिङलाई नियन्त्रणमा लिइएको जनसेवाका डिएसपी वासुदेव खतिवडाले जानकारी दिए।
सुवेदीको साथमा रहेको ७ हजार ३ सय रुपैयाँ र केही महत्त्वपूर्ण काजगपत्र चोरी भएको थियो ।
२०७६ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित








