भारतीय राजदूत भन्छन्– मोदीले छिमेकीलाई प्राथमिकतामा राखेका छन्, नेपाललाई लाभ हुन्छ

 

साउन २९, काठमाडौं । नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीले नेपाल र भारतबीच विन विनको अवस्था बनाएर विकास र समृद्धिको यात्रामा साझेदारहरु भइरहेको बताए । 

बुधबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दुई देशबीच विगतमा भएका सन्धि सम्झौताले सार्थक परिणाम हासिल गर्नुले सबैलाई उत्साहित बनाएको बताए । उनले भने, ‘अब सिधै मोतिहारीबाट अमलेखगञ्जमा पाइपलाइनबाट तेल आउँछ, हामी परिणाम हासिल गर्दैछौँ ।’ 

null

वीराटनगर चेकप्वाइन्ट सुचारु हुन गइरहेको र अरुण तेस्रो जलविद्युत आयोजना पनि द्रुत गतिमा बढिरहेको बताए । दुई देशबीच विगतमा भएका सम्झौता कार्यान्वयन भई सफल परिणाम हासिल हुँदा सम्बन्ध मजबुत हुनुका साथै उत्साह बढेको बताए । 

भारतको विकास र प्रगतिले नेपाललाई लाभ मिलिरहेको भन्दै दुवै देश मिलेर बढिरहेकोमा उनले खुशी व्यक्त गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकलाई प्राथमिकतामा राख्ने नीति लिएको उल्लेख गर्दै त्यो नेपालका लागि लाभदायक हुने पनि उनले उल्लेख गरे । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक जीत हासिल गरेर संसारको ठूलो लोकतन्त्रमा दोस्रो पटकको चुनावमा झन् ठूलो सफलता हासिल गरेको उल्लेख गर्दै भारतीय जनताले सबल र बलियो सरकार निर्माणको म्याण्डेट दिएको बताए । 

भारतको कुल ग्राहस्थ उत्पादन पाँच हजार अरब पुगेको भन्दै मोदी कार्यकालमा झण्डैँ दोब्बर प्रगति भएको उल्लेख गरे । मोदी प्रधानमन्त्री भएपछि चारपटक नेपाल भ्रमण गरेको र गत वर्ष दुईपटक भ्रमण गरेको भन्दै त्यसले दुई देशको सम्बन्ध सुमधुर भएको बताए । मोदीको भ्रमणले धार्मिकस्थलहरुमा भारतीय पर्यटक बढेको बताए । 

भारतले आतंकवादलाई परास्त गरी विकासको मार्गलाई फराकिलो बनाएको बताए । आतंकवाद विरुद्धको लडाईंमा भारत सफल भएबाट ठूलो आर्थिक फड्को मारेको बताए । भारतले शान्ति, सुरक्षा र स्थिरतालाई महत्वमा राखेर काम गरिरहेको बताए । 

नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक भएको भन्दै दुवै देशको लोकतान्त्रिक आन्दोलनमा एक अर्काबाट सहयोग प्राप्त भएको उल्लेख गरे । वीपी कोइराला, डिल्लीरमण रेग्मी, मनमोहन अधिकारी लगायतले भारतको स्वतन्त्रता आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्दै जयप्रकाश नारायण र राममनोहर लोहिया लगायतले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान रहेको बताए । 

जयप्रकाश नारायण र राममनोहर लोहियालाई नेपालमा गिरफ्तार गरिंदा नेपाली जनताले जेल तोडेर भगाएको इतिहास सुनाए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *