आज गोकर्णेश्वर नगरपालिकामा सार्वजनिक बिदा
२०७६ भदौ १३ गते

काठमाडौँ, १३ भदौ । गोकर्णेश्वर नगरपालिकाले शुक्रबार (आज) सार्वजनिक विदा दिएको छ । आज कुशे औँशी पर्व भएकाले नगरपालिकाले सार्वजनिक सूचना जारी गरी बिदा दिन लागेको जनाएको हो ।
गत बुधबार बसेको २५ औँ नगर कार्यपालिकाको बैठकले कुशे औँशीको दिन शुक्रबार बिदा दिने निर्णय गरेको थियो । सोही निर्ण अनुसार आज गोकर्णेश्वर नगरपालिकाअन्तर्गत रहेका नगरपालिका, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालय बन्द हुने छन् ।
कुशे औँशीको दिन गोकर्ण नगरपालिकामा अवस्थित महादेव मन्दिरमा ठूलो मेला लाग्ने र भएकाले अज दिन सार्वजनिक विदा दिएको हो । मन्दिर परिसरमा दिवङ्गत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ ।
null
२०७६ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित








