४ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ, अनुसन्धानका लागि दोभाषे बोलाइँदै
२०७६ साउन २१ गते

साउन २०, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति आइतबार चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउका विषयमा दोभाषे बोलाएर थप अनुसन्धान गरिने भएको छ ।
सुनसहित पक्राउ परेका चिनियाँ नागरिक ली निङ्ग्सीले अंग्रेजी भाषा नबोल्दा कठिनाइ भएपछि दोभाषे बोलाएर विस्तृत अनुसन्धान गर्न लागिएको हो ।
null
निङ्ग्सीलाई चार किलो सुनसहित आइतबार राति ११ बजे पक्राउ परेका थिए । उनले पहेँलो कपडामा बेरेर सुन ल्याएका थिए ।
सुनसहित पक्राउ परेका चिनियाँ नागरिकविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ । चिनियाँ नागरिकविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट विस्तृत अनुसन्धानका लागि ६ दिनलाई म्याद थप गरिएको विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिए ।
२०७६ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित








