प्रचण्डको पछुतोः एकता नगरेको भए विकल्प रहन्थे कि ?
२०७६ भदौ १ गते

भदौ १, काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको तत्कालीन माओवादी केन्द्रले सबै विकल्प समाप्त पारेर तत्कालीन एमालेसित पार्टी एकता गरेको बताएका छन् ।
राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्क संघले शनिबार राजधानीमा आयोजना गरेको कायक्रममा उनले सबै विकल्प सकिएकाले एकतालाई सुदृढ गर्नुको विकल्प नरहेको धारणा राखे ।
पार्टी एकता सुदृढ नभए मुलुक सफल नहुने र कम्युनिष्ट आन्दोलनसमेत असफल हुने उनको भनाई छ । यो समाचार आजको कान्तिपुर दैनिकमा एकता नगरेको भए विकल्प रहन्थे कि ? शीर्षकमा छापिएको छ ।
null
२०७६ भदौ १ गते
प्रतिक्रिया
सम्बन्धित








