भाद्र १७ गतेसम्म कर नतिरे चलचित्र हलमाथी कारवाही हुने

भाद्र २ काठमाडौँ । काठमाडौं महानगरपालिकाको राजस्व विभागले भदौ १७ गतेसम्म चलचित्र हलहरुले  कर नतिरे नियमानुसार कारबाही हुने चेतवानी दिएको छ ।   

चलचित्र हलहरुले मनोरञ्जन शुल्कबापतको कर बुझाउन चासो नदेखाएपछी बिभागले एक सूचना जारी गर्दै भदौ १७ गतेसम्म चलचित्रहल हरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।   

महानगरभित्र ४२ वटा सिनेमा हल छन् । जसमध्ये गएको वर्ष (आर्थिक वर्ष २०७५र०७६) मा ४ वटा हलले मात्र कर तिरेको महानगरले जनाएको छ। 

Image result for movie theatre

जारी गरिएको सूचनामा  सूचनाको ख्यान नगरी  भदौ १७ गतेसम्म कर नबुझाए  चलचित्र हलहरुलाई नियमानुसार कारबाही हुने व्यहोरा उल्लेख गरिएको छ ।   

बिभागले जारी गरेको सूचनामा यस्तो लेखिएको छ । 

प्रदेश नं. ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र घरहरुले चलचित्र प्रदर्शन गर्दा प्रति टिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५ प्रतिशतले हुन आउने रकम प्रत्येक महिना समाप्त भएको मितिले २५ दिनभित्र काठमाडौं महानगरपालिकामा बुझाउनुपर्दछ। 

यसै व्यवस्थाबमोजिम चलचित्र घरहरुलाई कर रकम बुझाउन पटक पटक पत्राचार गरि सकिएको छ । यति गर्दा पनि अहिलेसम्म पनि आर्थिक वर्ष २०७५/०७६ मा मनोरञ्जन कर बापत दर्शकहरुबाट लिएको रकम स्थानीय सरकार (यस काठमाडौं महानगरपालिका) मा दाखिला हुन नआएकोले यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।  

यसै सूचनासँगै सम्बन्धित चलचित्र घरहरुलाई आफूले चलचित्र प्रदर्शन गर्ने क्रममा बिक्री गरेको टिकटको विवरणसहित भदौ १७ गते (भदौ ३ गतेबाट १५ दिनभित्र) मंगलबारभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग, बबरमहलमा सम्पर्क गरी मनोरञ्जन कर बुझाउनुहुन अनुरोध गरिन्छ। ऐनको दफा ४ (३) बमोजिम गत आर्थिक वर्षको बक्यौता रकमसमेत भुक्तानी गर्नुपर्नेछ। 

यो सूचनाको ख्याल नगर्ने तथा दर्शकहरुसँग मनोरञ्जन करबापत असुल गरिसकेको कर रकम स्थानीय सरकारलाई नबुझाउने चलचित्र घरहरुलाई नियमानुसार कारबाही हुने व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराइन्छ ।  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =