११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ
२०७६ साउन २७ गते

साउन २७, काठमाडौं । ११ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । उनी काठमाडौं महानगरपालिकाको कुचीकार प्रमुख हुन् ।
null
बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबरजस्ती करणी गरेको पुष्टि भइसकेको छ । पक्राउ परेका बाबुराजा बलात्कृत बालिकाका चिनजानकै मान्छे भएको पनि अनुसन्धानमा खुलेको छ ।
उनलाई आइतबार अनामनगरबाट पक्राउ गरेर महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेकाे छ ।
२०७६ साउन २७ गते
प्रतिक्रिया
सम्बन्धित








