भदौबाट हिमालयन रोडिजको अडिसन सुरु हुँदै

भाद्र ६, काठमाडौँ । हिमालयन टेलिभिजनबाट प्रशारण हुदैँ आएको एड्भेन्चर रियालिटी शो हिमालयन रोडिजको तेस्रो सिजन सुरु हुने भएको छ ।   

शुक्रबार राजधानीमा  पत्रकार सम्मेलन गर्दै भाद्र २८ बाट अडिसन सुरु हुने जानकारी दिईएको हो ।  यस वर्ष पनी हिमालयन टेलिभिजनबाट नै हिमालयन रोडिज प्रशारण हुने बताइएको छ ।   

युवा जमातकाे निकै प्रिय शो  रहेकाे यस हिमालयन रोडिजले यो भन्दा अघी  गरिएकाे सिजन १ र सिजन २  निकै सफलता पूर्वक सम्पन्न गर्न सफल भएकाे थियाे।   

Image result for हिमालयन रोडिज

यस बर्ष देशका पाँच शहरबाट अडिसन हुने बताउनुको साथै  भदौ ३१ गते चितवन, असोज ३ गते नेपालगञ्ज, असोज ६ गते पोखरा र असोज ९ गते काठमाडौंमा अडिसन हुने जानकारी दिईएको छ ।   

पहिलो र दोस्रो सिजनमा तीन जना जज रहेको यस शोमा अबको सिजन ३ मा भनेचार जना टिम लिडर रहेको जानकारी दिईएको छ ।   

पहिलो र दोस्रो सिजनमा जज बनेका रेमनदाश श्रेष्ठ यस सिजनमा होस्ट बनेका छन् भने ग्याङ लिडरमा  दुई सिजनका जज आशिस राना ‘लाउरे’ र दीया मास्के रहेका छन् । ग्याङ लिडरमा पहिलो सिजनका विजेता समन श्रेष्ठ र नायक अनुपविक्रम शाही थप भएका छन्  । 

निर्देशक अमन प्रताप अधिकारीले सिजन ३ मा नयाँ चुनौती, नयाँ ढाँचा, नयाँ अनुहार एवं नयाँ शैलीको खेल हुने  बताएका छन् ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *