सुनको मूल्य अहिले सम्मको नै मंहगो ! हेर्नुस कति छ मूल्य

 

साउन १९, काठमाडौँ । आईतबार सुनको मूल्यमा एक्कासी १३ सय रुपैँयाको बृद्धी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिले सम्मको नै मंहगो मूल्य हो । 

शुक्रबार सम्म प्रतितोला ६५ हजारमा कारोबार भईरहेको छापावाला सुनको मूल्यमा एक्कासी १३ सय मूल्य बृद्धी भई आज प्रतितोला ६६ हजार तीन सय रुपैयाँमा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ । 

null

यस्तै तेजाबी सुनको मूल्यमा पनि तोलामा १३ सय बृद्धी भई आज ६६ हजारमा कारोबार भइरहेको छ। 

शुक्रबार चाँदी प्रतितोला ७ सय ७० मा कारोबार भईरहेको चाँदीको मूल्यमा पनि आज ५ रुपैँया बृद्धी भई प्रतितोला ७ सय ७५ मा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *