भारतले सके नेपाललाई सिक्किम बनाउँछः गिरि

साउन ३०, काठमाडौँ । कांग्रेस सांसद प्रदीप गिरीले नेपालको कुटनीति कमजोर भएको उल्लेख गर्दै भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउन सक्ने बताए । ‘सबभन्दा ठूलो विफलता भनेको कूटनीतिक विफलता हो । यो सही कुरा हो, हिन्दुस्तानले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ, सकेको दिन भुटान बनाउँछ ।, यो तथ्य हो,’ उनले भने, ‘चीनले तिब्बत बनायो, हिन्दुस्तानले कश्मीर खायो ।’ 

गरिले विपक्षीमा भएका बेला जनताको वाहीवाही पाउन जे पनि बोल्न नहुने बताए । उनले तत्कालीन माओवादीले सुरुङ युद्ध, सीमामा काँडेतार लगाउने कुरा गरेको उल्लेख गर्दै तिनै कुरा गर्ने प्रधानमन्त्री हुँदा किन पूरा नगरेको भन्दै प्रश्न गरे । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *