मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित ६ जना पक्राउ

 

साउन २०, काठमाडौँ । मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकारी (उपसचिव) दीर्घबहादुर पोखरेलसहित ६ जना पक्राउ परेका छन् । 

प्रहरीले सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा नामसारी गरेको आरोपमा मालपोत प्रमुख पोखरेलसहित ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो । 

null

पक्राउ पर्नेहरुमा मालपोत प्रमुख पोखरेल, शाखा अधिकृत कृष्ण प्रसाद ज्ञवाली, नायब सुब्बा रविन्द्र बहादुर थापा, मालपोत अधिकृत हेमराज शर्मा र कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय रहेका छन् । एक जनाको कार्यालय सहयोगीको पहिचान खुल्न बाँकी छ । 

बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँको सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउने तत्कालीन प्रमुख मालपोत अधिकारी पोखरेलसहित २८ जना विरूद्ध अख्तियारले जेठ ३० गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

अदालतमा बयान दिन आएका बेला महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई सोमबार नियन्त्रणमा लिएको बताइएको छ । 

उनीहरुलाई अख्यिारले भ्रष्टाचार मुद्दा र प्रहरीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गर्ने जानकारी दिइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =