सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने यादवको चेतावनी

साउन ३२, गोरखा । सरकारसँग भएको सम्झौता कार्यान्वयन नभए सरकार छाड्ने समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चेतावनी दिएका छन् ।   

सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका मन्त्री यादवले आज गोरखामा पुग्दै संविधान संसोधन लगायतका विषयमा नेपाल कम्युनिस्ट पार्टी गम्भिर नभएको आरोप लगाउँदै विगतमा सरकारसँग भएका सम्झौता कार्यान्यन नभए सरकार छाड्ने चेतावनी दिएका हुन् । 

पार्टीको जिल्ला समिति समायोजन घोषणा कार्यक्रममा यादवले पत्रकारहरुसँग कुरा गर्दै सम्झौता कार्यान्वयनमा नेकपाले चासो नदिएको आरोप लगाए । 

null

‘संविधान संशोधनको शर्तमा दुई तिहाइ पुर्याइदिन कम्युनिष्ट पार्टीलाई साथ दिएका हौं, तर अहिलेसम्म त्यो दिशामा कदम चालेको देखिएन ।’ उनले भने । 

यादवले निर्वाचन प्रणाली, शासकिय स्वरुप लगायतका विषय संशोधन गर्नुपर्ने माग आफूहरुको रहेको जनाए । उनले जनताको अपेक्षा अनुसार वर्तमान सरकारले काम गर्न नसकेको समेत स्विकार गरेका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *