किसानले पाएनन् मल

 

साउन २०, विराटनगर । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरले युरिया मल पर्याप्त भएको दावी गरिरहँदा कृषकहरुले भने मल नपाएको गुनासो गरेका छन् । 

सुनसरीबाट आएका कुमार कार्कीले शुक्रबार पनि आएर फर्किनु परेको बताए । मल लिनका लागि टाढा टाढाबाट आएका कृषकहरुले मल नपाएर धेरै दुःख खेप्नु परेको उनको गुनासो छ । 

null

क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका सुचना अधिकारी नवरत्न गौतमले सहकारी मार्फत मल वितरण गरिरहेको जानकारी दिए । उनले अहिले पूर्वका १ सय ७५ वटा सहकारीलाई मल उपलब्ध गराएको बताए । कार्यालयमा १६ सय ६३ दशमलब ३ मेट्रिक टन युरिया मौज्जाद रहेको बताए । 

यता सहकारीहरुले भने कार्यालयले मल मौज्जाद रहेको भनेपनि आफूहरुको माग अनुसार उपलब्ध नहुँदा सिमित मात्रामा मात्रै मल वितरण गरेको बताएका छन । डिएपी मलको भने अझै अभाव रहेको कृषि कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =