आजदेखि मनसुन सक्रिय, तीन दिन चट्याङसहित भारी वर्षा

काठमाडौं, १८ साउन । हाल देशभर सामान्यतया बदली भई पूर्व र मध्य पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । केहि दिनदेखि सक्रिय नभएको मनसुनी गतिविधि अझ बढ्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । 

 

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर अवस्थित भएको र बिस्तारै उत्तरतिर सर्दै जाने देखिएको मौसमविद्ले बताएका छन् ।महाशाखाले शनिबार बिहान ६ बजे प्रकाशन गरेको बुलेटिनअनुसार देशभर सामान्य बदली भई केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । राति पनि देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =