ग्लोबल टी–२० क्रिकेटः सोमपालको टिम क्वालिफायर्समा, सन्दीपको टिम बाहिरियो

साउन २४, काठमाडौँ । क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट प्रतियोगिताको इलिमिनेटर खेलमा नेपालका खेलाडी सोमपाल कामी संलग्न टिम विनिपेग हक्स क्वालिफायर्समा पुगेको छ । 

बिहीबार भएको खेलमा सोमपाल कामी संलग्न टिम विनिपेग हक्स सन्दीप लामिछाने संलग्न टिम टोरन्टो नेशनल्सलाई २ रनले पराजित गर्दै क्वालिफयर्समा पुगेको छ भने टोरन्टो प्रतियोगिताबाटै बाहिरिएको छ । 

टस हारेर ब्याटिङ सुरु गरेको टोरन्टो २० ओभरमा ५ विकेट गुमाउँदै दुई सय ३८ रन बनउन सफल भएको थियो । ४२ रनमा पहिलो विकेट गुमाएको टोरन्टोका लागि हेनरीच क्लासेन एक्लैले ४९ बलमा ११ चौका र ५ छक्काको मद्दतले एक सय ६ रन बनाउँदै सतक पार गरेका थिए । रोद्रिगो थोमसले ७३, चिराग सुरीले १६ रन बनाए । 

null

विनिपेग हक्सले २७ रनमा दुई विकेट गुमान पुग्यो । त्यसपछि उसले ४९ रनमा तेस्रो विकेट खेर फाल्यो । उसका क्रिस लीन २१ रनमा आउट भए भने शाइमन अनवर पाँच तथा उमर अकमल एक रनमा पेभेलियन फर्किए । 

उता टोरन्टोका लागि सन्नी सोहेललाई सन्दीपले ३६ रनमा पेभेलियनको बाटो देखाए । अन्तिममा जेपी डुमिनी र रयाद एम्रित क्रिजमा हुँदा पर्याप्त लाइट नभएपछि खेल रोकियो । जसका कारण डीएल प्रणालीमा सन्दीप आवद्ध टिम दुई रनले पराजित भयो । 

डीएल प्रणाली अनुसार हक्सले एक सय ९९ रनको नयाँ लक्ष्य पाएको थियो । जसमा हक्सले दुई सय एक रन बनाइसकेको थियो । डुमिनी ८५ रनमा अविजित रहे भने इम्रितले ३३ रन बनाए । यो खेलमा सन्दीपले २ विकेट लिएका थिए । 

बिहीबारको खेलमा सोमपाल र सन्दिपको टिम आमने सामने भएपनि सोमपाललाई बेञ्चमै राखिएको थियो भनेसन्दीप भने मैदानमा उत्रिएका थिए । यद्यपी सन्दीप संलग्न टिम प्रतियोगिताबाटै बहिरियो भने सोमपालको क्वालिफायर्समा खेल्न सक्ने सम्भावना रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 18 =