अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडामा स्थानीय तहका भ्रष्टचार मुद्दा बढी, एक वर्षमा २० स्ट्रिङ अप्रेसन

भदौ, ८ मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाले आर्थिक वर्ष २०७५/७६ मा २० वटा स्ट्रिङ अपरेसन गरेको छ । २० वटा अप्रेसनमा सार्वजनिक पद धारण गरेका व्यक्तिले घुस रकमबापत लिएको करीब ४७ लाख रुपैयाँ बरामद गरेको छ । एक वर्षमा स्ट्रिङ अप्रेसन मार्फत रकम लिँदै गर्दा ४६ लाख ९७ हजार ५ सय रकम बरामद गरेको कार्यालयका सूचना अधिकारी देवकुमार राईले बताए ।   

गत आर्थिक वर्षमा २० मध्ये ९ अप्रेसन बारा जिल्लामा भएको थियो । २० मध्ये बारा जिल्लाबाट १२ जनालाई, मकवानपुरबाट २ जना र पर्सा जिल्लाबाट ६ जना नियन्त्रणमा लिइएको राईले जानकारी दिए । घुस रकम सहित जनप्रतिनिधिदेखि कर्मचारी स्तरमा शाखा अधिकृत सम्मकालाई नियन्त्रणमा लिईएको उनले बताए । 

एक वर्षमा सबैभन्दा बढी उजुरी स्थानीय तहको रहेको भन्दै स्थानिय तहमा सार्वजनिक खरिद, ठेक्कापट्टा, सडक, बाटोलगायतका कामहरूमा भ्रष्टाचार हुने गरेको पाइएको उनले जानकारी दिए । अख्तियारले साना कार्यालय सहयोगीदेखि लिएर कार्यालय प्रमुखहरूलाई पनि घुस रकमसहित हिरासतमा लिएको छ । 

null

अख्तियारको कार्यालय हेटौंडाले ३ नम्बर प्रदेशको सिन्धुली जिल्लाबाहेका अन्य जिल्ला तथा २ नम्बर प्रदेशको बारा र पर्सा जिल्ला पनि हेर्ने गरेको सूचना अधिकारी राईले बताए । कार्यालयमा गत आर्थिक वर्षको प्रारम्भिक तथ्याङ्कअनुसार १ हजार १ सय उजुरी परेका थिए । जसमध्ये ७ सय ६९ अर्थात करिब ७० प्रतिशत फछ्र्यौट भैसकको छ । बाँकी ३ सय ३१ क्रमागत रहेका राईले बताए   

अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ८ सय उजुरी परेकोमा २०७५/७६ मा ११ सय उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *