बुधबार भनिएको काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

भाद्र १२, काठमाडौँ । बुधबार दिउँसो २ बस्ने भनिएको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार दिउँसो बस्ने भएको छ ।   

हिजो बस्न लागेको उक्त बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल बिरामी भएपछि सरेर आज दिउँसो बस्न लागिएको हो  । 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी कार्यालय सानेपामा बस्न लागेको उक्त बैठकमा समसामयिक राजनीतिक, भ्रातृ संगठन, शुभेच्छुक संस्था र जनसम्पर्क समितिकाबारेमा छलफल हुनेछ । 

बुधबार केन्द्रीय समिति बैठक नबसे पनि केन्द्रीय पदाधिकारी बैठक बसेको थियाे भने उक्त बैठकमा पार्टीको दोस्रो चरणको अभियानको तयारी र सो अभियानका लागि प्रतिनिधि चयनमा केन्द्रित रहेको उनले जानकारी दिए। 

उनका अनुसार साउन २९ मा स्थगित बैठकलाई निरन्तरता दिन असार २२ गतेदेखि जारी काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः बिहिबार बस्न लागिएको हो ।   

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *