टाँडीमा डिएसपी रिमाल आए, आचार्य गए

भदौ ११, चितवन ।  चितवनको इलाका प्रहरी कार्यालय टाँडीको कार्यालय प्रमुखको रुपमा प्रहरी नायव उपरिक्षक (डिएसपी) भावेष रिमाल आएका छन् । प्रहरी प्रधान कार्यालयको पछिल्लो निर्णय अनुसार रिमाल टाँडी सरुवा भएर आएका हुन् । 

यसअघि टाँडीमा कार्यरत डिएसपी सन्तोष आचार्यको काठमाडौ सरुवा भएको छ । आचार्य करिव साँढे ३ महिनाको छोटो अवधिमा प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग सरुवा भएका हुन् । 

बुधवार नगरका समाजसेवी, युवाहरुको एक टोलीले नयाँ डिएसपी रिमाललाई स्वागत र सरुवा भएका डिएसपी आचार्यको विदाई गरिएको छ । विदाई कार्यक्रममा सरुवा भएका डिएसपी आचार्यले छोटो समयमा पनि यहाँका नागरीक समुदाय, जनप्रतिनिधीहरुबाट राम्रो सहयोग पाएको भन्दै धन्यवाद दिए । 

 डिएसपी आचार्यको कार्यकालमा इलाका प्रहरी कार्यालयको स्तरोन्नती गर्ने काम भएको छ भने विद्यालय, कलेज, क्याम्पसहरुमा सचेतना मुलक कार्यक्रमलाई व्याकता दिएका थिए । नयाँ डिएसपी रिमालले सहकर्मीले पुरा गर्न वाँकी काम सम्पन्न गर्ने उल्लेख गर्दै स्पष्ट वोल्ने र प्रष्ट काम गर्ने प्रतिवद्धता जनाए ।  

विदाइ तथा स्वागत कार्यक्रममा समाजसेवीहरु प्रेमनाथ दुवाडी, दिपक पौडेल, प्रताप डल्लाकोटी, सरोज भण्डारी लगायत इलाका प्रहरी कार्यालय खैरहनी,इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो । बुधवारनै सरुवा भएका डिएसपी आचार्यलाई जिल्ला प्रहरी कार्यालय चितवनले विदाई गर्नुका साथै सरुवा भई आएका डिएसपी रिमाललाई स्वागत गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *