नेपालगञ्जमा भीषण आगलागी, दर्जनभन्दा बढी फर्निचर उद्योग सखाप

साउन २४, बाँके । बाँकेको नेपालगञ्जमा मध्यरातमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको छ । नेपालगञ्जको बीपीचोकमा बिहीबार राति ११ बजेबाट सुरु भएको आगलागी शुक्रबार बिहान करिब ४ बजेतिर मात्रै नियन्त्रणमा आएको हो । 

आगलागीका कारण बीपीचोकमा रहेका दर्जनभन्दा बढी फर्निचर उद्योगहरु नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार आगो तीन वटा दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो । आगलागीबाट करोडौंको क्षति भएको प्रहरीको प्ररम्भिक अनुमान रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *