नेवा–ताम्सालिङ प्रदेशको अध्यक्षमा पासाङ

भाद्र २, काठमाडौं । एकता तथा ध्रुबिकरण प्रकृयासँगै नेकपा नेकपा (माओवादी केन्द्र) ले देशव्यापी रुपमा प्रदेश स्तरिय भेला, प्रशिक्षण तथा बैठकहरु सञ्चालन गरिरहेको छ । केन्द्रीय पार्टीको योजना अनुसार त्यस्ता कार्यक्रमहरु सञ्चालन भएका हुन । 

शनिबार माओवादी केन्द्रको नेवा–ताम्सालिङ प्रदेश समितिको बैठक–प्रशिक्षण तथा भेला सम्पन्न भएको छ । भेलाबाट पासाङ मोक्तानको अध्यक्षतामा ५३ सदस्यीय प्रदेश समिति निर्वाचित भएको छ । विस्तारित बैठक र प्रशिक्षण गरी दुई चरणमा सम्पन्न भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष गोपाल किरातीको प्रमुख अतिथी रहेका थिए । 

उनले कार्यक्रममा पछिल्लो राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा चर्चा गर्दै माक्र्सवाद र संशोधनवादको प्रभाव र नेपाली क्रान्तिका मौलिक विचार कार्यदिशाको ा कर्यान्वयनबारे प्रशिक्षण दिएका थिए । त्यस्तै उपाध्यक्ष थापाले जनवादी केन्द्रीयता र संगठन संचालन विधिवारे तथा सचिव तिमल्सिनाले नेवा–ताम्सालिङ प्रदेशको वस्तुस्थिति, पार्टीको कार्ययोजना र कार्यभारबारे प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा पार्टीको सर्कुलर पोलिटव्यूरो सदस्य रायमाझिले वाचन गरेका थिए भने पार्टीका नेता लोकराज जैसीले एकता प्रकृयाबारे अनुभूतिजन्य मन्तव्य सहित पार्टी आन्दोलन र कार्यक्रमबारे बोलेका थिए । 

नेकपा (क्रान्तिकारी माओवादी) बिद्रोही समूहबाट एकता प्रकृयामा आएका नेताहरुलाई प्रदेश पार्टीमा समावेश गर्दै विस्तारित बैठक अगाडि बढेको थियो । कार्यक्रममा पार्टीका उपाध्यक्ष तिलक थापा, सचिव राजन तिमल्सिना, पोलिटब्यूरो सदस्य आलोक रायमाझी, मेघ बहादुर खत्री, टिपी गौतम, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी लगाएको उपस्थिति रहेको थियो । 

क्रान्तिकारी माओवादीबाट एकता प्रकृयामा आएका नेताहरुलाई स्वागत सहित चारवटै प्रदेश र जिल्लाहरु समितिहरु जोडिएको छ । कार्यक्रममा दर्जनौ नेता, कार्यकर्ताहरु पार्टीमा थपिएका छन । नेवा–ताम्सालिङ प्रदेशका अध्यक्ष पासाङ मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशमा कार्यरत पार्टीका केन्द्रीय सदस्यहरु तथा जबज मोर्चाका नेताहको समेत उपस्थिति रहेको थियो ।   

पार्टीको योजना अनुसार नेकपा (माओवादी केन्द्र) का महाचिव कर्णजित बुढा लगायतका नेताहरु अहिले बैठक तथा प्रशिक्षणको कार्यक्रम लिएर देशव्यापी दौडाहामा रहेका छन । प्रदेश स्तरिय बैंठकको अन्तर्गतको पहिलो कार्यक्रम प्रदेश पाँचमा गत श्रावण २५ गते बर्दियाको बारबर्दिया नगरपालिकामा सम्पन्न भएको हो । 

पार्टीको बैंठक तथा प्रशिक्षण कार्यक्रमसँगै नेकपा (क्रान्तिकारी माओवादी) बिद्रोही समूहबाट एकता प्रकृयामा आएका एक दर्जनौं नेता, कार्यकर्ताहरुलाई प्रदेश पार्टीले स्वागत गरेको थियो ।  कार्यक्रममा पोलिटव्यूरो सदस्यहरु नरेश शाही, धर्मराज बेडुवाल, सिंहराज बिक, केन्द्रीय सदस्यहरु दुर्गा खत्रि, कृष्ण खड्का, जनक बिक र प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसीको आतिथ्यता रहेको थियो । 

त्यस्तै श्रावण २७ गते सुदुरपश्चिम प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रम कैलालीको लम्किमा सम्पन्न भएको छ । उक्त कार्यक्रम पार्टीका उपाध्यक्ष तथा प्रदेश संयोजक रंगनाथ ढकालको अध्यक्षता तथा पार्टी महासचिव कर्णजितको समुपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्यहरु नरेश शाही, केन्द्रीय सदस्यहरु शोभा आचार्य, ज्ञानु बम, धरम थापा, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी लगायतको उपस्थिति रहेको थियो । 

श्रावण २९ गते विरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेश समितिको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश पार्टी अध्यक्ष रामकृष्ण बुढा विजयको अध्यक्षतामा भएको उक्त कार्यक्रमा पार्टी महासचिव कर्णजितको प्रमुख आतिथ्यता रहेको थियो । पार्टी केन्द्रीय सदस्य कृष्ण बोहोराले सञ्चालन गरेको कार्यक्रममा पोलिटव्यूरो सदस्य नरेश, सिंहराज बिक, धर्मराज, केन्द्रीय सदस्य जनक, सागर लगायत प्रेस सेन्टर नेपालका अध्यक्ष जैसीको आतिथ्यता रहेको थियो । 

बैठकले प्रदेश समितिमा सुढृण गर्दै संघर्षका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश अन्तर्गत जिल्ला इन्चार्ज र अन्य जनवर्गिय संगठनहरुको जिम्मेवारी समेत तोकेको छ । बैठकमा कर्णाली प्रदेशका अधिकांश जिल्लाहरुबाट नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको देखिन्थ्यो । माओवादी केन्द्रले यहि महिनाको २५ गतेबाट सूदुरपूर्व क्षेत्रबाट कार्यक्रम गर्ने भएको छ । प्रदेश नम्बर एक र दुई तथा प्रदेश नम्बर चार तथा गण्डकी प्रदेशमा माओवादी केन्दले उक्त कार्यक्रमहरु गर्ने तयारी गरिरहेको बुझिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *