सौराहाको नयाँ पहिचान खोजीः समान घर, एउटै रंग

  

भाद्र १२, चितवन ।  नेपालकै तेश्रो पर्यटकिय गन्तव्य चितवनको सौराहा हो । चितवन राष्ट्रिय निकुञ्जमा पाईने दुर्लभ वन्यजन्तुकै कारण सौराहा विश्वभर चिनिएको छ । 

दुर्लभ वन्यजन्तु हेर्नकै लागि यहाँ आन्तरीक तथा वाह्य पर्यटकहरु आउँछन् । चितवन निकुञ्ज घुम्ने पर्यटकको मध्ये ८२ प्रतिशत सौराहामै आउने गरेका छन् । वन्यजन्तुकै कारण र सौराहाको अहिलेको अवस्थाले यहाँको पर्यटन दिगो हुन नसक्ने पर्यटन व्यवसायी तथा स्थानीय सरकारलाई राम्रैसंग थाहा छ । देशकौ देखी पुरानै शैलीमा यहाँको व्यवसाय संचालन छ । स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिका र सौराहाका व्यवसायीहरुले नयाँ पहिचानको खोजी गरेका छन् । 

सौराहाको नयाँ पहिचानकै लागि रत्ननगर नगरपालिकाको अगुवाई यहाँ सिमित उचाई र एउटै किसिमको रंग लगाउने तयारी गरिएको छ । सोही अभियानको सुरुवात गर्न रत्ननगर नगरपालिकाले विहीवार सौराहामा लागू गरिने भवन निर्माण मापदण्ड र पर्यटन वर्ष २०२० लाई कसरी सफल वनाउन सकिन्छ भन्ने बारे सरोकारवालाहरुबीच अन्र्तक्रिया कार्यक्रम गरिएको छ । रत्ननगरको वडा नम्वर ५,६,७ र ८ मा होटल तथा आवासीय घर नक्सापासका लागि नगरपालिकाले १३ वटा वुँदालाई आधार मानेर प्रस्ताव पेश गरेको छ ।  

भवनको भुई तल्ला र प्रथम तल्ला आरसिसि फ्रेम स्ट्रक्चर वनावट र दोश्रो तल्लाको हकमा स्लोप ढलान वा जस्ताको छाना राख्नु पर्ने, भवनको रंगरोगनको हकमा वातावरण मैत्री पूर्ण हुन एकै प्रकारको मात्रै रंग प्रयोग गर्नु रत्ननगर नगरपालिकाका मेयर नारायण वनले वताए । भवन निर्माण गर्दा नेपाली कला र संस्कृति झल्कने समेत हुनु पर्ने लगायत प्रस्ताव राखेको छ । सौराहाको विकासमा लागि नगरपालिकाले अघि सारेको योजनामा सहयोग गर्न मेयर वनले होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसायीहरुलाई सहयोग गर्न आग्रह गरे । 

 नगरपालिकाको योजना र प्रस्ताव प्रति यहाँका होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसायीहरु सकारात्मक छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे, क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष वासुदेव ढुंगाना, पर्यटन व्यवसायीहरु टिका गिरी, दिपेन्द्र खतिवडा, ज्ञानेन्द्रकुमार विष्ट लगायतले नगरपालिकाको योजनालाई सहयोग गर्ने प्रतिवद्धता जनाए । 

उनीहरुले योजना मात्र ल्याउने नभई कार्यान्वयन गर्न समेत नगरपालिकालाई आग्रह गरे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानवहादुर मल्लले सौराहा र यहाँ आउने पर्यटकको लागि सुरक्षा दिन प्रशासनले कन्जुस्याई नगर्ने प्रतिवद्धता जनाए । 

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले सौराहाको विकासका लागि यहाँ २४ सै घण्टा व्यवसाय संचालन हुनु पर्ने धारणा राखे । सौराहाबाट अन्यन्त्र पर्यटक गयो भनेर चिन्ता लिनु भन्दा यहाँकै व्यवसायी सक्रिय हुनु पर्ने वताए । सौराहामा ११० वटा होटल, करिव ६० वटा रेस्टुरेन्ट रहेका छन् । सौराहा सफारी पर्यटनले समेत विश्वमा चिनिएको छ । साथै यहाँको थारु संस्कृति पनि अर्को विषेशता हो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *