रकम सहित भेटिएको झोलामा हकदावी गर्न मेयरको अनुरोध

 

साउन २२, बझङ । मंगलबार बेवारिसे अवस्थामा सडकमा भेटिएको रकम सहितको अन्य महत्वपूर्ण कागजातमा हकदावी गर्न बझाङका मेयर वीरेन्द्र खडकाले अनुरोध गरेका छन् । 

बझाङबाट धनगढी जाने क्रममा जयपृथ्वी नगरपालिका बझाङका मेयर वीरेन्द्र खडकाको टोलीले बैतडीको सिगास गाउँपालिका नजिक सडकको छेउमा बेवारिसे अवस्थाम एउटा कालो झोला भेटाएका थिए । 

null

उक्त झोला खेलेर हेर्दा झोलाभित्र १ लाख नगद, ५ लाख ४० हजार रकमका साथै महत्वपूर्ण कागजात रहेको मेयर खड्काले जानकारी दिएका छन् । 

उनका अनुसार उक्त झोलामा रकम सहित बझाङ जिल्लाका साविकको देउलीकोट गाविस–५ का राइभान बोहराका २४ वर्षीय छोरा बसन्त बोहराको नागरिकता, चेक र अन्य कागजपत्र भेटिएको हो ।  

मेयर खड्काले उक्त झोला कसको हो या उनलाई चिन्नेले जयपृथ्वी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनक बहादुर सिंहको मोवाइल नम्बर ९८४८४३६१३८ वा मेयर खड्काको मोवाइल नम्बर ९७४११९५७२५ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *