आजको पत्रपत्रिकाः कैदीलाई प्रजनन् अधिकार, यौन सम्पर्क गर्न दम्पत्ती भेटको व्यवस्था

साउन २५, काठमाडौँ । आज प्रकाशित राष्ट्रिय दैनिक पत्रपत्रिकाले फरकफरक समाचारलाई आफ्नो गृहपृष्ठका मूख्य समाचर बनाएका छन् । कन्तिपुर दैनिक, गोरखापत्र र अन्नपूर्ण पोष्टले धादिङको बस दुर्घटनालाई मूख्य समाचरको रुपमा प्रकाशित गरेको छ भने नागरिक दैनिकले कैदीबन्दीलाई प्रजनन् अधिकार सम्बन्धी समाचलाई मूख्य समाचार बनाएको छ ।
त्यस्तै राजधानी दैनिकले ३१ लाखमै एमबीबीएस तर मेडिकल कलेजले असुल्छ ८० लाख भन्ने शीर्षकलाई मूख्य समाचार बनाएको छ । आज प्रकाशित कान्तिपुर दैनिकको मूख्य समाचार धादिङको बस दुर्घटना सम्बन्धी समाचार ‘रातभर एउटै चालक’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
null
गोरखापत्र दैनिकका अनुसार बस दुर्घटनामा ५ को मृत्यु २४ बेपत्ता छन् । त्यस्तै अन्नपूर्ण पोष्ट दैनिकले धादिङमा १ वर्षमै १४४ दुर्घटना शीर्षकमा मूख्य समाचार प्रकाशित गरेको । साथै अन्न पूर्णले नेकपाका शीर्ष तीन नेता केपी शर्मा ओली, प्रचण्ड र माधव नेपालबीच अविश्वासपूर्ण त्रास रहेको समाचारलाई पनि प्राथमिकता दिएको छ ।
यसैगरी पूर्वराजा वीरेन्द्रको र उनको परिवारका नाममा रहेको २१ हजार ५६३ रोपनी जग्गा नेपाल ट्रष्ट मातहत आए पनि तीनको सदुपयोग नभएको समाचार पनि अन्नपूर्णले छापेको छ ।
नगरिक दैनिकले कैदीलाई प्रजनन् अधिकार शीर्षकको समाचारलाई प्राथमिकता दिएको छ । प्रकाशित समाचार अनुसार प्रजनन अधिकार दिनेगरी कारागार ऐनको मस्यौदा तयार भएको छ । मस्यौदानमा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौनसम्पर्कका लागि दम्पत्ती भेटको विशेष व्यवस्था गरिने उल्लेख छ ।
मस्यौदाअनुसार कैदीबन्दीको उमेर, कैद अवधि, वैवाहिक अवस्था, सन्तान भएनभएको, सन्तान जन्माउन इच्छुक र अपराधको प्रकृति हेरेर मात्र यस्तो सुविधा प्रदान गरिने छ । सन्तान नभएका कैदीलाई एक सन्तान जन्माउनका लागि मात्र यस्तो सुविधा दिइने छ ।








