लक्ष्मी इन्टरकन्टिनेन्टलले भित्रायो ‘हुण्डाई भेन्यू’

भाद्र ५, काठमाडौं । हुण्डाई गाडिका लागि  नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई भेन्यू’ नेपालमा  भित्राएको छ । 

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले  बिहीबार एक कार्यक्रमबीच उक्त गाडि सार्वजनिक गरिएको हो ।  

‘हुण्डाई भेन्यू’ तीन भिन्न इन्जिन अप्शनमा उपलब्ध छन् । जसमध्ये १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजी, जसको ८३पीएस पर ६०००आरपीएमको सर्वाधिक पावर रहने छ । त्यस्तै, १.४ लिटर डिजल इन्जिन यू२ सीआरडीआई, जसको सर्वाधिक पावर ९०पीएस पर ४०००आरपीएम रहनेछ । तेस्रो १.० टर्वो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजी, जसको सर्वाधिक पावर १२०पीएस पर ६०००आरपीएमको रहने कम्पनीले जनाएको छ । 

 ‘हुण्डाई भेन्यू’ले ७ स्पीड डीसीटीको उपलब्धता पनि प्रदान गर्ने जनाउँदै लक्ष्मी इन्टरकन्टिनेन्टलले बजारमा उपलब्ध अरु गाडिहरुको तुलनामा ‘हुण्डाई भेन्यू’ आफ्नो दह्रो उपस्थिति जनाउने दावी गरेको छ । यो गाडि स्मार्ट इलेक्ट्रिक सन रुफ, आक्रर्षक क्रोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेलले सज्जित रहेको छ । 

 यसको आर१६ डायमण्ड कट एलोई पाँग्रा तथा हिल एसिष्ट कन्ट्रोलले नौलो र उत्साहजनक सवारी अनुभव दिने भन्दै कम्पनीले ‘हुण्डाई भेन्यू’मा बत्तिको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको, जसअन्तर्गत कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिष्टल इफेक्टसहितको लेड लाइट विशेष रहेको जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १३ शोरुम तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा दिँदै आएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *