चितवनको वडा कार्यालयमा विप्लव समूहको आतंक, ढोका फोरेर सामान फालिदिए

 

साउन १५, काठमाडौं । चितवनको ईच्छाकामना गाउँपालिका–२ काउलेस्थित २ नम्बर वडा कार्यालयमा विप्लव समूहका कार्यकर्ताले वडाध्यक्षकाे कोठाको ढोका फोरी कोठाभित्र रहेको कम्युटर, कुर्सी, दर्ता किताब लगायतका सामानहरु बाहिर फालिदिएका छन् । 

आज बिहान ७ बजेको समयमा उक्त घटना भएको वडाध्यक्ष पञ्च चेतनले जानकारी दिए । उनका अनुसार कुनै मानविय क्षति भने भएको छैन । अहिले स्थिति सामान्य छ । 

null

उक्त स्थानमा इलाका प्रहरी कार्यालय मुग्लीगबाट प्रनानीको नेत्रित्वमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिइएको छ । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार बागमती र नारायणी अञ्चल तथा रामेछाप र दोलखा जिल्ला बन्द आह्वान गरेको थियाे । 

बन्द आह्वान गरेकै बेला नुवाकोट र रौतहटका वडा कार्यालयमा पनि बम विस्फोट तथा आगजनी भएका छन् । 

नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा मंगलबार राति बम विस्फोट गराइएको हो। विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण कागजपत्रलगायत सरसामान नष्ट भएका छन्। यद्यपी दुर्घटना कसले गरायो भन्ने खुलेको छैन । 

त्यसैगरी रौतहटको चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा पनि आगजनी भएको छ। मंगलबार मध्यराति अज्ञात समूहले आगजनी गरेको हो। 

आगजनीबाट कम्प्युटर, प्रिन्टर, फर्निचरलगायत सामान जलेर नष्ट भएका छन्। यो घटनाको जिम्मेवारी पनि अहिलेसम्म कसैले लिएको छैन। विप्लवले गराएको हुनसक्ने प्रहरीको आशंका छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *