नोबेल अस्पताल आसपास क्षेत्रमा सरसफाई कार्यक्रम (भिडियाेसहित)

 

साउन १५, विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रलाई फोहोरमैलारहित बनाउने उद्देश्यले सञ्चालित अभियान अन्र्तगत नोबेल शिक्षण अस्पताल आसपास क्षेत्रको सरसफाई गरिएको छ । 

विराटनगर महानगरपालिका, वेस्ट म्यानेजमेन्ट ग्रुप, टोल नगर समन्वय समिति, पाईला परिवर्तनका लागि र ४ नम्बर वडा कार्यालयसँगको समन्वयमा कार्यक्रम गरिएको हो । 

null

सरसफाई अभियानमा आवद्ध सस्थाका प्रतिनिधिहरुसहित नोबेल अस्पतालका कर्मचारी, औषधि व्यावसायी र स्थानीयवासी सरसफाईमा सहभागी भएको नोबेल अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले जानकारी दिए । 

‘स्वच्छ वातावरण हाम्रो पहिचान, सफा विराटनगर हाम्रो अभियान’ भन्ने नारासहित विराटनगर महानगरपालिका क्षेत्रमा २०७४ मंसिर बाट ‘वातावरणीय सचेतना तथा बिशेष सरसफाई अभियान’ सञ्चालन गरिएको हो । 

अभियान अन्र्तगत स्थानीयवासीसँगको सहकार्यमा हरेक हप्ता सरसफाई कार्यक्रम सञ्चालन गरिँदै आएको छ । १ सय २१ औं हप्ताको रुपमा नोबेल अस्पताल आसपास क्षेत्रको सरसफाई गरिएको हो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *