चाइना फाउण्डेसनद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

साउन १९, काठमाडौं । दहचोकमा रहेको श्री कृष्ण माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
चाइना फाउण्डेशन र सफा सुनौलो नेपालले एक कार्यक्रमको आयोजनामा विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
null
प्रदेश नम्बर ३ का सांसद केशव पोखरेलले गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षामा राज्यले जोड दिँदै आएको बताए । उनले समाज समृद्ध हुन र समाजका हरेक विकृति हटाउन र समाजलाई गतिशील प्रदान गर्न शिक्षा महत्त्वपूर्ण पाटो रहेको चर्चा गरे ।
‘अब स्कुल जाने भाईबहिनीहरू घरमा बस्नु हुँदैन । हामी सबैले र राज्यको तर्फबाट पनि अभिभावकत्व ग्रहन गरेरै हजारौँ हजार भाइबहिनी स्कुल पुगेका छन्,’ सांसद पोखरेलले भने, ‘सामुदायिक विद्यालयहरू प्रति बिस्तारै बिस्तारै अभिभावकहरूको पनि बिश्वास बढेको छ र सामुदायिक स्कुलमा पढ्ने बिद्यार्थीहरूलाई सरकारले सुविधा र हेरक कुरामा प्राथमिकतामा पार्दै गएको पनि छ ।’
चाईना फाउण्डेशनकि कन्ट्री डाइरेक्टर झाऊले बिद्यार्थीहरूको शिक्षाको गुणस्तरीयता मा जोड पुगोस र चाईनाको जनतावाट नेपालका साना बिद्यार्थीहरूलाई सानो योग्दान पुगोस भने हेतुले कार्यक्रम गर्दै आईरहेको बताईन ।
कार्यक्रम चन्द्रागिरि नगरपालिका १ का वडा अध्यक्ष राजेन्द्र केसीले शिक्षा जस्तो संवेदनशील कार्यमा सहयोग गर्ने सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरे । उनले दहचोकका बिद्यार्थीहरूको शैक्षिक विकासकोलागि वडा स्तरवाट पनि विभिन्न सहयोग गर्दै आईरहेको जानकारी गराए ।
सफा सुनौलो नेपालका अध्यक्ष राकेश हमालले ग्रामीण भेगका बिद्यार्थीहरूलाई आगामी दिनमा सक्दो सहयोग पुर्याउने र शिक्षाको विकासका लागि हरेक नागरिकहरूले आआफ्नो क्षेत्रवाट सहयोग पुर्याउनु पर्ने धारणा राखे ।
श्रिकृष्ण माध्यमिक बिधालयका ब्यवस्थापन समितिका अध्यक्ष शशी कुमार गिरीले गुणस्तरीय शिक्षा प्रदान गर्न सवै निकायको अहम् भुमिका र दायित्व रहेको बताए । उनले छिटैनै नयाँ भवन वाट स्कुल सञ्चालनको तयारी भईरहेको र बिधालयलाई आवश्यक फनिर्चर लगायत सामाग्री आवश्यक रहेको बताए ।
कार्यक्रममा पुर्व दहचोकका गाविस अध्यक्ष हरिशरण थापा,महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्का लगाएतका अन्य लब्धप्रतिष्ठित समाजसेवीहरूको उपस्थित रहेको थियो भने कक्षा १ देखि५ सम्मका विद्यार्थीहरुका लागि ब्याग तथा शैक्षिक सामग्री वितरण गरिएको थियो ।








