ईपीएल आगामी फागुनमा हुने, ६ फेन्चाइज टोली सहभागी रहने

साउन २८, काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) आगामी फागुनमा हुने भएको छ । ईपीएलले सोमबार एक प्रेस विज्ञप्ती जारी गरी चौथो संस्करणको ईपीएल आगमी फेबुअरी २९ देखि मार्च १४ सम्म अर्थात फागुनमा हुने जानकारी दिएको हो । 

नेपाली मिति अनुसार प्रतियोगिता फागुन १७ देखि चैत्र १ गतेसम्म हुने छ । आयोजकका अनुसार ईपीएलका क्रममा ३ वटा खेल शनिबारको दिन हुने छ । आयोजकले गत वर्ष मंसिर–पुसमा प्रतियोगिता आयोजना गरेको थियो । गएको वर्ष ललितपुर प्याट्रियट्सले भैरहवा ग्याडियटर्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको थियो । 

यस वर्ष हुने प्रतियोगितामा ललितपुर प्याट्रियट्र्स, काठमाडौँ किंग्स इलाभेन, भैरहवा ग्याडियटर्स, चितवन टाइगर्स, विराटनगर वारियर्स र पोखरा राइनोज गरि ६ शहरका ६ फेन्चाइज टोली रहेका छन् । 

null

आयोजकले सहभागी टोलीलाई कम्तिमा एक खेलाडी टेस्ट राष्ट्रबाट हुनैपर्ने नियम राखेको छ । विश्व क्रिकेटका ठूला नाम रहेका ति खेलाडी ‘आइकोनिक खेलाडी’ को रुपमा रहने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 8 =