TVS ApacheRTR 200: हतारमा किनेर फुर्सदमा पछुताउनु पर्ला !

 

साउन २६, काठमाडौं । दशैं तिहार छठ जस्ता ठूला चाडवाड लागेसँगै अटोमोवाइल्स कम्पनीले उपभोक्ता लक्षित विभिन्न कार्यक्रम ल्याउने गर्दछन् । राजधानीमा त सवारी साधनको मेला नै चल्ने गर्दछ । सदा वर्ष झै यस वर्ष पनि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले यहि भाद्र १० गतेदेखि १३ औं नाडा अटो शोको आयोजना गर्दैछ । भृकुटीमण्डपमा आयोजना हुने बृहद अटो शोमा दर्जनौ सवारीहरुको प्रदर्शनीसँगै विक्रि वितरण हुने गर्दछ । 

नाडाले अटो शोलाई ब्यापारीक दृष्टिकोणले वर्षभरीको नाफा घाटा उठाउने माध्यम बनाएपनि उपभोक्तालाई गुणस्तरीय र उच्चस्तरीय सवारी दिनेमा खासै ध्यान दिएको पाइन्न । नाडा अटो शोमा खरिद विक्रि हुने सवारीहरुको गुणस्तरीयता र विस्वसनीयतामा नेपाली डिलरले जति सुकै ढ्वाङ फुकेपनि कतिपय कम्पनीले कम्पनीबाट फल्ड भएर आएका सवारीलाई भारी मात्रामा छुट र अफर दिएर सल्टाउने माध्यम बनाएका छन् । 

null

यस्तै सवारी साधन मध्ये नेपालमा जगदम्बा मोटर्स मार्फत भित्रिएको दुई पाङ्ग्रे सवारी हो TVS ApacheRTR 200 

दूई वर्ष अघि नेपाली बजारमा भित्रिएको TVS ApacheRTR 200 बाइकमा यतिधेरै समस्या छ कि, बाइक राइडर्सलाई यसको रेसिङ क्षमता भन्दा अर्को कुरा मनै पर्दैन । TVS ApacheRTR बाइकको सबैभन्दा नराम्रो पक्ष यसको क्लच प्लेट चाँडो विग्रनु हो । २०१७ मा आएको TVs\ ApacheRTr का प्रायः सबै बाइकमा यो समस्या छ । यसका अलावा हाइस्पिडमा कुदाउने एभडेन्चर बाइक राइडर्सका लागि TVS ApacheRTR 200 असुरक्षित र कामै नलाग्ने बाइक हो । 

‘लुक्स चाही, वाउ भन्ने नै छ, तर, हामी जस्ता वाइक राइडर्सलाई TVS ApacheRTR 200 सुरक्षित रहेनछ । ८०/९० को स्पीडमा बाइक कुदाउँदा नै ब्यालेन्स कन्ट्रोल गर्न गाह्रो हुँदो रहेछ ।’ धुम्बाराहीका अंकित बर्जाचार्यले भने । 

 

उनले गत वर्ष खरिद गरेको TVS ApacheRTR 200 बाइक १ वर्षमा १४ हजार किलोमिटर पनि कुदेको छैन बाइकको क्लच प्लेट समेत फेर्नुपर्ने अवस्था आएको छ । किक रहित TVS ApacheRTR 200 बाइक स्टायल र आकर्षक लुक्सका कारण युवाहरुको रोजाइमा परेको भएपनि एकपल्ट खरीद गर्नेहरु अर्कोपल्ट झुक्किएर पनी नजाने रातोपुलका महेश कक्षपतीले बताए । 

उनले खरिद गरेको TVS ApacheRTR 200 बाइकमा सेल्फ स्टार्टको समस्या छ । टिभिएसको नक्साल सर्भिसमा सर्भिसिङ गराउन जाँदा नै समस्या बताएका उनले त्यहाँका कर्मचारीबाट नमिठो जवाफ सुने । ‘बाइकमा यस्तो यस्तो समस्या छ, के गर्नु भनेर सोध्दा खै हामीलाई थाहा हुन्न कम्पनीकै डिफल्ड हो भने, बनाइ दिनुपर्यो भन्दा पुरै सामान नै फेर्नुपर्छ भन्छन् । तनावमा छु मत ।’ कक्षपतिले भने । विच बाटोमा सेल्फ स्टार्ट विग्रियो तपाईले कि त बाइक ओरालोमा गियरमा स्टार्ट गर्नुपर्यो । नत्र त्यहीँ छाडेर पैदल वा ट्याक्सी समात्नुको विकल्प छैन । मोटरसाइकल राइडर्सहरु बाइक किन्नुस तर, किक भएको । केहि वर्ष अघि यामाहाले किक रहितको एफजेडआर ल्याएको थियो । ६ महिनामै बाइक फेज आउट भयो । TVS ApacheRTR 200 बाइकमा पनि त्यहि समस्या छ । 

TVS ApacheRTR 200 बाइकको अर्को समस्या भनेको माइलेज हो । जगदम्बाले TVS ApacheRTR ले प्रति लिटर ४५ किलो मिटर भन्दा माथी माइलेज दिने दावि गरेपनी राजधानीको ट्राफिक जाम तथा खाल्डाखुल्डीमा ३० किलोमिटर समेत दिन सक्दैन । 

TVS ApacheRTR 200 को कुरा गर्दा यसको डिजिटल स्पीडोमिटर अत्यन्त झुर र वकवास छ । सुरुसुरुमा स्पीडोमिटरले काम गर्ला विस्तारै काम गर्न छाड्छ । यतिमात्र हैन, गियर सेन्सरले पनि काम गर्दैन । खासगरी, १ नं. गियरबाट २ नं.मा लैजाँदा तथा न्यूटलमा ल्याउँदा सारै समस्या छ । यहि कुरा TVS का टेक्निकल मेकानिक्सलाई सोध्नुस त उनीहरुको जवाफ यस्तो आउँछ । ‘यो हाम्रो बाटो र धुलोको कारणले भएको हो । खासै समस्या छैन ।’ वर्षाको मौशम छ, दिनभरी पानीमा राख्दा पनी पानी नपस्ने डिस्प्लेमा धुलो चैं खोजीखोजी पस्दो रैछ ! 

यहाँलाई जानकारी होस TVS भन्दा पफरमेन्ट, माइलेज, पार्टपुर्जाको सर्वसुलभता, खरिद पछिको सेकेण्ड भ्याल्युवेशनले अन्य कम्पनीका बाइक तथा स्कुटरहरु अत्यन्त राम्रो र किफायती छन् । मध्यम वर्गका जनताका लागि उपयोगी छन् । 

तपाईलाई थाहै होला अन्य कम्पनीको चेन स्पोकेट फेर्दा करिब ३५०० पर्छ । तर, TVS ApacheRTR 200 को चेन स्पोकेटको ६५०० भन्दा माथि पर्छ । राजधानीको धुलो, हिलोमा बाइकको चेन स्पोकेट चाडैं जाने समस्या छ, तर, TVS ApacheRTR 200 को चेन स्पोकेट मुस्किलले १५ हजार पनि टिक्दैन । दिनको ५० किलोमिटरको यात्रा गर्नुहुन्छ, मासिक १५ सय किलोमिटर १ वर्ष सम्म बाइक कुदाउँदा त्यहि रेसियोमा वर्षको १८ हजार हुन्छ । 

हिसाब गर्नुस त TVS ApacheRTR 200 को चेन स्पोकेट फेर्न १ वर्ष कुर्नुपर्छ कि पर्दैन ? TVS का कुनैपनि सवारी लिनुस तपाईले न्यूनतम मासिक ४ हजार त मेन्टिनेन्स खर्च नै छुट्याउनु पर्छ । त्यो मात्र हैन, TVS का प्रायः स्पेयर्स पार्टसहरु हत्तपत्त पाइदैन । जेन्युन पार्टस मात्र बेच्ने दावि गर्दै आएको कम्पनीले कतिपय पार्टसहरु चाइनाबाट ल्याएर डुब्लिकेट विक्रि गर्ने गरेको उपभोक्ताको गुनासो छ । 

TVS का बाइक, स्कुटी खरिद गर्नुभयो । सुरुवाती ५ सय किलोमिटरमै सर्भिस गराउनु पर्यो । तर, तपाईले आफुले चाहेको ठाउँमा सर्भिस गराउन पाउन सक्नुहुन्न । कारण, जगदम्बाले उपभोक्तालाई लुट्न वाहेक केहि जानेकै छैन । TVS का सर्भिस सेन्टरहरु सर्वसुलभ छैनन् । राजधानीमा समेत गुणस्तरीय मेकानिक राख्न नसकेको कम्पनीले सर्भिस सेन्टरमा सिकारु टेक्निसियन राखेको छ । 

देशभर डिलरसिप दिएको जगदम्बाले त्यहि अनुसारको सर्भिस दिनुपर्नेमा उपभोक्तालाई सकसमात्र दिन्छ । तपाईले नक्साल स्थित बाइक सर्भिस सेन्टरमा बाइक सर्भिसिङका लागि दिनुभयो, विहान ९ बजे दिएको बाइक बेलुका ५ बजेमात्र लिन पाउनुहुन्छ । 

गौशाला स्थित एक मोटरसाइकल सर्भिस सेन्टरका सञ्चालकले TVS का मोडल नेपाली उपभोक्ताका लागि ठिक नभएको जिकिर गरे । मध्यम आयस्तर भएका नेपालीका लागि मासिक ४ हजार सर्भिसमै खर्च गर्नु ठूलो कुरा हो । TVS को ठूला सेग्मेन्टका बाइकहरु फ्रि सर्भिस भन्दा बाहिर सर्भिस गर्नुपर्दा एक पल्टमा न्यूनतम ४ देखि ५ हजार खर्च गर्नुपर्छ । 

‘म त भन्छु, बाइक किन्नेले लुक्स हेरेर हैन, पफरमेन्ट, माइलेज, सर्भिस सेन्टरको सहज उपलब्धता, स्पेयर्स पार्टसको सहजता र मुल्य हेर्नु आवश्यक पर्छ ।’ उनी भन्छन्–‘एउटा निश्चित ब्राण्डलाई भन्नु भन्दापनि समग्र रुपमा नेपालको बाटो र नेपालीको आर्थिक अवस्था अनुसार सवारी छनौट गर्नुपर्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *