स्टिभ स्मिथको पहिलो टेस्टमा लगातार दोस्रो शतक

एजेन्सी । अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले एसेज सिरिज अन्तर्गत पहिलो टेस्टमा लगातार दोस्रो शतक प्रहार गरेका छन् । इंग्ल्यान्डसँगको पाँच खेलको एशेज टेष्ट सिरिजअन्तर्गत पहिलो खेलको चौथो दिन स्मिथले शतक दोस्रो पूरा गरेका हुन् । 

स्मिथले आफ्नो टेष्ट करिअरको २५ औं शतक प्रहार गर्न १ सय ४७ बलको सामना गरे । यसअघि पहिलो इनिङमा स्मिथको १ सय ४४ रनको मदतमा अष्ट्रेलियाले २ सय ८४ रन बनाएको थियो ।गत वर्ष मार्चमा दक्षिण अफ्रिकासँगको तेस्रो टेष्टको दौरानमा बल टेम्परिङ काण्डका कारण एक वर्ष प्रतिबन्धमा परेका स्मिथले झन्डै १६ महिनापछि टेस्ट टोलीमा कमब्याक गर्दै लगातार शतक प्रहार गरेका हुन् । उनले आफू पुरानै लयमा फर्केको संकेत दिएका छन् ।अष्ट्रेलियाले यो समाचार तयार पार्दासम्म ४ विकेटको क्षतिमा ३ सय ५ रन जोडेको छ । स्मिथ १ सय ३१ रनमा खेलिरहेका छन् भने उनलाई ड्वेन वेडले ५५ रन जोडेर साथ दिइरहेका छन् । सम्रगमा अष्ट्रेलियाले २ सय १५ रनको अग्रता लिइसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =