प्रचण्डको भाषणमा बाबुराम भट्टराई र कमल थापाको जुहारी

 

साउन २९, काठमाडौँ । पूर्व–प्रधानमन्त्री एवं ‘समाजवादी पार्टी, नेपाल’का नेता डा.बाबुराम भट्टराईले आफ्ना पूर्व सहकर्मी एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष गर्दै ट्वीट गरेका छन् । 

उलने प्रचण्डले एक कार्यक्रममा गरेको भाषणको भिडियो मेन्सन गर्दै लेखेका छन्, ‘कृषिमा स्नातक कमरेडलाई थाहा हुनुपर्ने जस्तो बिउ रोप्यो त्यस्तै बिरूवा उम्रन्छ ! राज्य पुनः संरचना समिति/आयोगले पहिचानसहित १० प्रदेशको संघीयताको बिउ सिफारिस गरेको थियो तर तपाईंले एमाले/नेकासँग सत्ता बाँडचुँड गर्न पञ्चायति विकास क्षेत्र मोडेलको ७ प्रदेशको वीउ रोप्नुभो ! अहिले त्यही फल्दैछ । कसो ?’ उनले यस्ते लेख्दै प्रचण्डलाई कटाक्ष गरेका हुन् । 

null

उनले ट्वीट गरेको केही समयपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले रि–ट्वीट गर्दै लेखेका छन्, ‘जस्तो बिउ रोप्यो त्यस्तै उम्रन्छ भन्ने जान्न कृषिमा स्नातक हुनु जरुरी छैन। वास्तवमा विद्यमान असफलता रअन्तर्विरोध प्रदेशको संख्या थपघटले होइन । नेपालको आर्थिक सामाजिक परिवेशले संघीयता नै धान्न सक्दैन । त्यसैले यसबारे पुनर्विचार गरौं वा व्यापक बहससहित जनस्वामित्व हुनेगरी जनमत संग्रह गरौं’ थापाले यसरी जुहारी फर्काएपछि सामजिक सञ्जालमा यो विषयले निक्कै चर्चा पाएको छ । 

प्रचण्डले एउटा कार्यक्रममा संघीयताको वर्तमान अवस्थाबारे निराशापूर्ण अभिव्यक्तिसहितको भाषण गरेका थिए । उनले भेनका छन्, ‘म आफैँलाई कहिलेकाहीँ विडम्बना लाग्छ। हामीले रोपेको एउटा चिज थियो, उम्रिन अर्कै चिज खोजिराख्या छ। हामीले त जनताको घर दैलोमा नागरिकताको समस्या हल गर्ने, प्रशासनको समस्या हल गर्ने, मालपोतसँग सम्बन्धित समस्या हल गर्ने , शिक्षा, स्वास्थ्य, रोजगारी सम्बन्धित समस्या हल गर्ने ती संरचनाहरु तलसम्म जाउन भनेको त अहिले भएछ के भने जिल्लामा भएका कयौँ कार्यालयहरु झिकेर प्रदेशमा ल्याइयो चारपाँच जिल्लाको निम्ति एउटा बनायो । झन जनतालाई दुःख । जिल्लामै भएको सेवालाई पनि कहाँ हो कहाँ बनाइयो ।’ उनले भनेका छन् । 

तत्कालीन नेकपा माओवादीमा लामो समयसम्म सँगै सहकार्य गरेका प्रचण्ड र बाबुरामबीच पार्टी विभाजनसँगै दुबैले एक अर्काको आलोचना र विरोध सार्वजनिक रुपमा खुलेरै गर्दै आएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *