अशोक लेलैण्ड र सिर्जना फाइनान्सद्वारा सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर

भाद्र १३, काठमाडौँ ।  आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रर्वधित अशोक लेलैण्ड र सिर्जना फाइनान्स लिमिटेड (बिराटनगर प्रधान कार्यालय रहेको) बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । 

 सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भवानी शंकर चापागाईँ र आईएमईमोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरे । 

यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०.८ सम्मको कर्जा सुविधा सिर्जना फाइनान्स लिमिटेड (बिराटनगर प्रधान कार्यालय रहेको) बाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । 

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *