पाथीभरा गोल्डकपः ताप्लेजुङ ११ लाई पराजित गर्दै बेलबारी क्लब दोस्रो चरणमा प्रवेश

साउन ३२, ताप्लेजुङ ।  पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबार भएको प्रतियोगितामा आयोजक ताप्लेजुङ ११ लाई ५—४ ले पराजित गर्दै बेलबारी फुटबल क्लब मोरङ दोस्रो चरणमा प्रवेश गरेको छ ।   

ताप्लेजुङको सदरमुकाम फुङलिङस्थित भानुजन माविको मैदानमा भएको प्रतियोगितामा निर्धारित समय ९० मिमनेटमा दुवैतर्फबात गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटबाट बेलबारीले ५ गोल गर्दै विजयी भएको हो ।   

पेनाल्टीका क्रममा ताप्लेजुङका विकास शेर्पा गोल गर्न चुकेपछि बेलबारीको जित सुनिश्चत भयो । बेलबारिका तर्फबाट पृथ्वी चौधरी, विवेक थापामगर, मौसम सुब्बा, शुसिल लिम्बु र शंखर राईले गोल गर्न सफल भए । यता ताप्लेजुङबाट कृष राई, सन्तोष लिम्बु, मनिराज लिम्बु र शुसिल लिम्बुले गोल गरेका थिए ।   

शुक्रबार भएको खेलको म्यान आफ दि म्याच बेलबारीका सूर्य चौधरी भए ।  सेमिफाइनल प्रवेशका लागि रेडहर्स क्लब, इलामले फिदिम स्पोर्टिङ क्लव पाँचथरसँग प्रतिस्पर्धा गर्दै छ । 

विजेताले ५ किलो चाँदीमा ३ तोला सुनजडित कपसहित नगद ३ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५१ हजार पर्नेछ । यस वर्षको खेलमा नेपालका ८ र भारतका २ टिमले भाग लिएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =